काठमाडौ म्यारीट होटलमा सुरु भएको आर्ट काठमाडौं २०२६ कला प्रदर्शनीले नेपालको समृद्ध कला परम्परा, इतिहास र सांस्कृतिक विविधतालाई एउटै छानामुनि प्रस्तुत गरेको छ। यस प्रदर्शनीको आयोजना रीमो काठमाडौंले गरेको हो।

यस प्रदर्शनीमा १०० भन्दा बढी कलाकारहरूको सहभागिता रहेको छ, जसमा छिरिङ शेर्पा , लोक चित्रकार , सुनिल सिग्देल, किरण मानन्धर , इशान परियार र मुक्ति सिंह थापा जस्ता कलाकारहरू देखि लिएर पहिलोपटक आफ्नो सिर्जना सार्वजनिक गरिरहेका नयाँ प्रतिभासम्मको सहभागिता देखिन्छ।
कला विधाको हिसाबले पनि प्रदर्शनी निकै विविध छ। परम्परागत तथा धार्मिक चित्रकलाहरू जस्तै थाङ्का र पौवा देखि लिएर आधुनिक एब्स्ट्र्याक्ट शैलीसम्मका कलाहरू यहाँ प्रस्तुत गरिएका छन्। त्यस्तै, पेन–इंक, ग्राफाइट र चारकोलमार्फत गरिएको चित्र, सेरामिकका कला , इचिङ प्रविधिबाट बनाइएका प्रिन्टहरू, साथै वाटरकलर, ओइल कलर र एक्रिलिकमार्फत तयार पारिएका चित्रहरू समेत प्रदर्शनीको हिस्सा बनेका छन्।

आयोजक समितिका अनुसार, “दशकौँदेखि धेरै महत्वपूर्ण नेपाली कलाकारहरूले आफ्नो कृति विदेशमा प्रदर्शन गरेका छन् वा ती कृतिहरू निजी सङ्ग्रह, अन्तर्राष्ट्रिय ग्यालरी र अभिलेखमा सीमित रहेका छन्, जसले गर्दा ती नेपाली दर्शकका लागि सजिलै उपलब्ध छैनन्। ‘आर्ट काठमाडौं ’ ले यस्ता कलाकारहरूको सिर्जनालाई नजिकबाट अनुभव गर्ने अवसर दिन्छ। यसले दर्शक र नयाँ कलाकारलाई कला परम्पराको विकास, शैलीगत परिवर्तन र नेपालको विकसित हुँदै गएको सांस्कृतिक चेतनालाई बुझ्ने मौका प्रदान गर्छ।”




Leave a Reply