नेपाली साहित्य र वाङ्मय क्षेत्रमा क्रियाशील अग्रणी संस्था जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा आफ्नो ४२औँ वार्षिकोत्सव भव्य रूपमा मनाइएको थियो । बनेपास्थित अरनिको पार्टी प्यालेसमा आयोजित विशेष समारोहमा साहित्य, कला र समाजसेवाका विभिन्न क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरूलाई नगदसहित सम्मान गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष मोहन दुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्कृति शिरोमणि हरिराम जोशी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।

विभिन्न विधामा सम्मान अर्पण
समारोहमा हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान अन्तर्गत प्रा.डा. चूडामणि बन्धु (पाल्पा) लाई नगद रु. १०,०००/- सहित सम्मान गरिएको थियो । कमलराज–जनमत दर्शन साहित्य सम्मान अन्तर्गत मोहनविक्रम सिंह (प्युठान) लाई नगद रु. २५,०००/- प्रदान गरिएको थियो ।
त्यसैगरी जनमत–सिद्धि धर्म/संस्कृति सम्मान प्रा.डा. वीणा पौड्याल (ललितपुर), विश्वशान्ति–जनमत प्रवासी लेखक सम्मान डा. कविता लामा (दार्जिलिङ), जनमत–जनक प्रधान सेवा सम्मान नन्दकृष्ण जोशी (बझाङ), जनमत–दीपक कायस्थ स्वास्थ्य सम्मान प्रा.डा. सविना श्रेष्ठ (ललितपुर), जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान डा. बलराम अधिकारी (गोरखा), जनमत–ज्ञानरत्न/मङ्गलतारा राष्ट्रिय सम्मान जगदीश ओझा (बैतडी) तथा शान्तिकिरण–जनमत फरक क्षमता सम्मान डा. गोविन्दप्रसाद आचार्य (अर्घाखाँची) लाई नगदसहित सम्मान गरिएको थियो ।

कृति लोकार्पण र साहित्यिक वाचन
कार्यक्रममा प्रा. कपिल अज्ञातको गजलसङ्ग्रह ‘मनका तराना’ लोकार्पण गरिएको थियो । उक्त कृतिमाथि डा. कृष्ण सुवेदीले संक्षिप्त टिप्पणी प्रस्तुत गर्नुभएको थियो ।
साहित्यिक वाचनअन्तर्गत सम्मानित प्रतिभाहरूका तर्फबाट प्रा.डा. चूडामणि बन्धु, नन्दकृष्ण जोशी, प्रा.डा. सविना श्रेष्ठ र लक्ष्मी मालीद्वारा मन्तव्य तथा रचना वाचन गरिएको थियो ।

विशिष्ट व्यक्तित्वहरूको उपस्थिति
कार्यक्रममा भारतको उत्तर बङ्गबन्धु विश्वविद्यालयका प्रा. सञ्जय राई, डा. अरुणा राई, प्रा.डा. प्रकाशराज रेग्मी, वरिष्ठ पत्रकार शेषराज शिवाकोटी लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन राजु सरकारद्वारा गरिएको थियो भने स्वागत मन्तव्य तथा संस्थाको अभियानबारे जानकारी मोहन दुवालद्वारा प्रस्तुत गरिएको थियो । सम्मानपत्र उपाध्यक्ष प्रेम श्रेष्ठ र सदस्य भगवती तिमल्सिनाद्वारा वाचन गरिएको थियो । कार्यक्रमको समापनमा सचिव सिर्जना दुवालद्वारा धन्यवाद ज्ञापन गरिएको थियो ।



Leave a Reply