‘आइइसी डिजाइनर्स रन वे–१५’


काठमाडौंस्थित होटल याक एण्ड यति मा ‘आइइसी डिजाइनर्स रन वे–१५’ भव्य रूपमा सम्पन्न भएको छ । नेपाली फेसन क्षेत्रको बहुप्रतीक्षित मानिएको कार्यक्रममा ६६ प्रतिभाशाली डिजाइनर, १७ आकर्षक सिक्वेन्स, ३० मोडल तथा १८ सेलिब्रेटी शोस्टपरको सहभागिता रहेको थियो । प्रख्यात कोरियोग्राफर यतिन गान्धीको कोरियोग्राफीमा सम्पन्न कार्यक्रम फेसन, सिर्जनात्मकता, सौन्दर्य र साहसी अभिव्यक्तिको अनुपम संगम बनेको थियो…

काठमाडौंस्थित होटल याक एण्ड यति मा ‘आइइसी डिजाइनर्स रन वे–१५’ भव्य रूपमा सम्पन्न भएको छ । नेपाली फेसन क्षेत्रको बहुप्रतीक्षित मानिएको कार्यक्रममा ६६ प्रतिभाशाली डिजाइनर, १७ आकर्षक सिक्वेन्स, ३० मोडल तथा १८ सेलिब्रेटी शोस्टपरको सहभागिता रहेको थियो ।

प्रख्यात कोरियोग्राफर यतिन गान्धीको कोरियोग्राफीमा सम्पन्न कार्यक्रम फेसन, सिर्जनात्मकता, सौन्दर्य र साहसी अभिव्यक्तिको अनुपम संगम बनेको थियो । कार्यक्रममा प्रस्तुत गरिएका पहिरनहरूले नेपाली तथा अन्तर्राष्ट्रिय फेसन सौन्दर्यलाई आधुनिक शैलीमा प्रस्तुत गरेका थिए ।

र्‍याम्पमा चर्चित कलाकार तथा मोडलहरू सिर्जनात्मक पहिरनसहित आकर्षक रूपमा प्रस्तुत भएका थिए । शोस्टपरका रूपमा स्वस्तिमा खड्का, निति शाह, अश्मी श्रेष्ठ, आँचल शर्मा, आस्था पोखरेल, सबिता कार्की, कविता नेपाली, शिल्पा मास्के, दीपाशिखा थपलिया, मलिका महत, इभा गिरी तथा श्रीच्छा प्रधान लगायतका चर्चित व्यक्तित्वहरूले र्‍याम्पलाई जीवन्त बनाएका थिए ।

फेसनप्रेमी, सञ्चारकर्मी, कलाकार तथा डिजाइनरहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न ‘आइइसी डिजाइनर्स रन वे–१५’ ले नेपाली फेसन उद्योगको बढ्दो सृजनशीलता, व्यावसायिकता र अन्तर्राष्ट्रिय स्तरको प्रस्तुति क्षमतालाई पुनः उजागर गरेको छ । कार्यक्रमले नयाँ डिजाइनर र मोडलहरूलाई समेत आफ्नो प्रतिभा प्रस्तुत गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *