डा निना राई, मनो चिकित्सक
डिप्रेसन के हो ?
डिप्रेसन एक प्रकारको रोग हो । केही समयका लागि हीन अथवा कम मनोबल भएको महसुस गर्नु सामान्य कुरा हो तर यस्तो भावना लामो समयसम्म रह“दा तथा कुनै कुरामा पनि रुचि नराख्दा मानिस डिप्रेसनको सिकार हुन्छ ।
किशोरावस्थामा ह्ने डिप्रेसनका कारणहरु केके हुन् ?
अहिलेको अन्यौलपूर्ण समय, कोभिडले घर भित्रै बस्न बाध्य हुदा त्यसस“गै आउने विभिन्न समस्याले मानिसमा डिप्रेसन बढ्दो छ जसबाट किशोर–किशोरीदेखि वृद्धवृद्धासम्म कोही अछुतो छैनन् । अझ किशोरावस्थामा डिप्रेसनको सिकार हुनेहरू प्रशस्त पाइन्छन् । अहिले यो रोग चारैतिर फैलिएको पाइन्छ बढ्दो आधुनिकता, भागदौड तथा प्रतिस्पर्धाले भरिएको जीवनले गर्दा डिप्रेसन बढ्दो छ । त्यसमा पनि अहिले कोरोनाको कारण हामी डिजिटल दुनियामा निर्भर बन्दै गयौं, त्यस वाहेकको संस्कार पनि छ भन्न नै विर्सने अवस्थामा पुग्यौं । अहिलेको समयमा तनाव, सामाजिक एवं पारिवारिक कारणले गर्दा पनि डिप्रेसनको घटना बढ्दो क्रममा छ । डिप्रेसनलाई भावनात्मक बिरामी पनि भन्न सकिन्छ । चिकित्सकको सल्लाह तथा निर्देशनमा यो रोग ठीक हुन सक्छ ।
डिप्रेसन मुख्यतया कसलाई हुन्छ ?
डिप्रेसनका लागि यही नै एउटा प्रमुख कारण हो भन्ने ह“ुदैन । यसमा हरेक प्रकारका बाहिरी तथा भित्री कारणले विशेष प्रभाव पारेका हुन्छन् । मस्तिष्कमा रासायनिक असन्तुलनले गर्दा किशोर–किशोरीहरू डिप्रेसनमा पर्छन् । आनुवांशिक, मनोवैज्ञानिक एवं सामाजिक कारणले गर्दा मानिस डिप्रेसनमा पर्छ ।
आनुवांशिक कारण भन्नाले कसरी बुझ्न सकिन्छ ?
परिवारका कुनै सदस्यमा यो रोग छ भने त्यसको असर बालबालिकामा पनि पर्छ । त्यसमा पनि जुम्ल्याहा बालबालिकामा बढी मात्रामा हुने सम्भावना हुन्छ ।
मनोवैज्ञानिक र सामाजिक कारण बारेमा पनि बताइ दिनुस् न ?
बढी आकांक्षा ,कठोरपन ,लगातार दोषी साबित हुनु मनोवैज्ञानीक कारण हुन् भने अध्ययनमा असफलता, रोग, पारिवारिक सम्बन्धमा उतारचढाब आदि कारणले पनि मानिस डिप्रेसनमा परेको पाइन्छ ।
डिप्रेसन चिन्ने उपाय के होला ?
व्यक्तिअनुसार हरेकमा फरक–फरक लक्षण देखापर्न सक्छ । हाम्रँे सन्दर्भमा शारीरिक लक्षण भन्दा भावनात्मक लक्षणलाई बढी मान्यता दिइएको पाइन्छ । डिप्रेसनको लक्षण प्रायः थकान, शरीर दुख्ने, केही गर्न जा“गर नचल्ने, झर्को लाग्ने आदि हुन्छ ।
डिप्रेसनवाट कसरी आफूलाई सम्हाल्ने ?
सबैभन्दा राम्रँे आफैलाई नियन्त्रणमा राख्ने । सकेसम्म एक्लै नबस्ने । काममा आफूलाई सक्रिय गराउने । त्यसैगरी यो समस्या एक दिनमा ठीक हुन्छ भन्ने सोच्नु हु“दैन । यो समस्याविरुद्ध लड्न सकिन्छ । यो उपचार गर्न सकिने समस्या भएकाले यसमा फसेका व्यक्तिले हिम्मत गरेर मुक्ति प्राप्त गर्न सक्छन् ।
यसका समाधानका विधी केके हुन सक्छ ?
डिप्रेसन भएका व्यक्ति प्रायः असहाय स्थितिमा फस्छन् । म केही गर्न सक्दिन, मेरो जीवन व्यर्थ छ भन्ने भावना मनमा आउन दिनु हु“दैन । त्यसैगरी सानो तथा आफूले पूरा गर्न सक्ने लक्ष्य राख्नुपर्छ । यसले गर्दा विस्तारै आफ्नो मनोबल बढ्दै जान्छ । मनोबल बढाउ“दै लान आफूमा केही गर्छु भन्ने भावनाको विकास गर्न सक्नुपर्छ ।
औषधि : डिप्रेसनमा परेका मानिसले मानिसहरूस“ग घुलमिल मात्र नगरेर चिकित्सकको सहयोगमा औषधि पनि सेवन गर्नुपर्छ । समय–समयमा चिकित्सकस“ग भेट्ने र दिइएको औषधि निश्चित समय र मात्रामा खाने । औषधिको सेवन नियमित रूपमा गर्ने र त्यसको असर छिटो भएन भनेर आत्तिने काम पनि नगर्ने किनभने औषधिले विस्तारै असर गर्छ ।
मनोचिकित्सा : मनोचिकित्सस“ग पनि सल्लाह लिनुपर्ने हुन्छ । मनोचिकित्सकस“ग डिप्रेसनका बारेमा सरसल्लाह गर्नु फाइदाजनक हुन्छ ।



Leave a Reply