स्तन क्यान्सर के हो ?


स्तनमा भएका कोष–कोषिकाहरूमा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाठागुठी र निको नहुने घाउ नै स्तन क्यान्सर हो ।

स्तनमा भएका कोष–कोषिकाहरूमा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाठागुठी र निको नहुने घाउ नै स्तन क्यान्सर हो । यो रोग प्रायः महिलाहरूलाई लागे पनि पुरुषहरूलाई पनि हुने गरेको छ ।

हाल विश्वमा महिलाहरूमा स्तन क्यान्सर भयावह समस्याका रूपमा बढिरहेको छ । सन् २०१८ को ग्लोवोकेनको तथ्यांकअनुसार विश्वमा महिलाहरूमा स्तन क्यान्सर पहिलो स्थानमा छ र यसबाट उक्त वर्ष ६ लाख २७ हजार जनाको मृत्यु भएको थियो । हाम्रो देशमा पनि यो रोगबाट बर्सेनि थुप्रै महिलाको मृत्यु हुने गरेको छ । बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरले क्यान्सरको निदान र उपचार गर्ने १२ वटा अस्पतालको तथ्यांक अध्ययन गर्दा सबैभन्दा बढी पाठेघर मुखको क्यान्सरपछि स्तन क्यान्सर देखा परेको थियो ।

यो रोगबाट जोगिन महिलाहरूले समय–समयमा आफ्नो स्तन आफै परीक्षण गरी केही समस्या देखिए नजिकको अस्पताल वा सम्बन्धित चिकित्सकको सल्लाहअनुसार आवश्यक उपचार गराउनुपर्छ । समयमै उपचार गराए स्तन क्यान्सर पूर्णरूपमा निको हुन्छ । हाम्रो देशमा गरिबी, अशिक्षा एवं अज्ञानताका कारण समयमै रोग पत्ता नलागी ढिलो उपचार गर्नाले यो रोग महिलाहरूको मृत्युको एउटा प्रमुख कारण भएको छ ।

निम्न अवस्थामा यो रोग लाग्ने सम्भावना बढी हुन्छ :

  • आमा, दिदी, बहिनी वा नजिकका नातेदारलाई स्तन क्यान्सर भए ।
  • सन्तान नजन्माएका महिलाहरूमा ।
    ३० वर्षपछि सन्तान जन्माउने महिलाहरूमा ।
  • २ वर्षसम्म स्तनपान नगराउने महिलाहरूमा ।
  • स्तनमा पहिलेदेखि नै भएका गा“ठागु“ठी वा पुराना समस्याहरूको उपचार नगरे ।
  • पहिले एउटा स्तनमा क्यान्सर भैसकेका महिलाहरूको अर्को स्तनमा पनि क्यान्सर हुने सम्भावना हुन्छ ।

स्तनको क्यान्सरमा देखिने लक्षण

  • स्तनमा गिर्खा फेला पर्नु ।
  • स्तनको आकारमा परिवर्तन आउनु ।
  • स्तनबाट रगत वा पिप मिसिएको दूध आउनु ।
  • स्तनको छालाको रंग परिवर्तन हुनु ।
  • स्तनको मुन्टो गाडिनु ।
  • स्तनको कुनै पनि भाग वा मुन्टोमा लामो समयसम्म निको नहुने घाउ हुनु ।

सुरुको अवस्थामा पत्ता लगाउने उपाय

सुरुकै अवस्थामा पत्ता लगाई आवश्यक उपचार गरे स्तन क्यान्सर पूर्णरूमा निको पार्न सकिन्छ ।

१. नियमित स्वास्थ्य परीक्षण

चिकित्सक वा तालिम प्राप्त स्वास्थ्यकर्मीहरूबाट स्तन क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउन स्तनको नियमित परीक्षण गराउनुपर्छ ।

२. आफ्नो स्तनको आफैले परीक्षण गर्ने

आफ्नो स्तनमा असामान्य गिर्खा वा डल्लाहरू छन् कि छैनन् भनी थाहा पाउन महिलाहरू आफैले आफ्नो स्तन राम्रोस“ग छामेर पत्ता लगाउन सक्छन्, जसलाई द्यचभबकत क्भाि भ्हबmष्लबतष्यल भनिन्छ । यो आफैले परीक्षण गर्न सकिने सरल एवं व्यावहारिक विधि हो ।

आफ्नो स्तन आफैले परीक्षण गर्ने विधि

आफ्नो स्तन आफैले राम्रोस“ग हेरेर तथा छामेर नियमित रूपले महिनाको एकपल्ट परीक्षण गर्दा स्तनमा आएको परिवर्तन वा गिर्खाहरू पत्ता लगाउन सहयोग मिल्छ । प्रायः महिनावारी भएको ७ दिनपछि परीक्षण गरे स्तनमा भएका गिर्खा थाहा पाउन सकिन्छ । दाहिने स्तनको परीक्षण देब्रे हातको औंलाले तथा देब्रे स्तनको दाहिने हातको औंलाले छामेर गर्नुपर्छ । उत्तानो परेर वा बसेर स्तन परीक्षण गर्दा सानातिना गिर्खा पनि फेला पार्न सकिन्छ । स्तनको आकार र छालामा आएको परिवर्तन पत्ता लगाउन ऐनाअगाडि (स्तन देखिने गरी) स्तनको परीक्षण गर्नु उपयुक्त हुन्छ । नुहाउ“दा पनि राम्रोस“ग आफ्नो स्तन छामेर परीक्षण गर्न सकिन्छ ।
स्तन परीक्षण गर्दा स्तनको सम्पूर्ण भाग, वरिपरि र काखीमुनि कुनै गिर्खा भए नभएको छामेर हेर्नुपर्छ । यसका साथै आफ्नो स्तनको स्वरूप र रंगमा कुनै परिवर्तन आए नआएको पनि ख्याल गर्नुपर्छ । यसरी परीक्षण गर्दा फेला परेका गिर्खाहरू चिकित्सकद्वारा पुनः परीक्षण गराई स्तन क्यान्सर भए नभएको थाहा पक्का गर्नुपर्छ ।

३. म्यामोग्राम

एक विशेष प्रकारको एक्स–रे मेसिन म्यामोग्राफीबाट स्तन क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउन सकिने भएकाले ४० वर्ष पुगिसकेका महिलाहरूले चिकित्सकको सल्लाहअनुसार यो परीक्षण प्रत्येक २–२ वर्षमा गराउनुपर्छ ।

स्तन क्यान्सरको निदान

१. एफ.एन.ए.सी. ःमसिनो सुईले स्तनमा भएका गिर्खाका कोष–कोषिकाहरू झिकेर प्रयोगशालामा अध्ययन गरी क्यान्सर निदान गर्न यो परीक्षण गरिन्छ ।

२. हिस्टोप्याथोलोजी ः मासुको सानो टुक्रा प्रभावित भागबाट निकाली प्रयोगशालामा परीक्षण गरी स्तन क्यान्सरको निदान गरिन्छ ।
यसबाहेक क्यान्सर निदान गर्न आवश्यकताअनुसार अन्य परीक्षण पनि गराउनुपर्ने हुनसक्छ ।

उपचार विधि

बिरामीको अवस्था, शरीरका अन्य भागमा क्यान्सर फैलिएको वा नफैलिएको आधारमा निम्न उपचार विधिको प्रयोग गरिन्छ :

१. शल्यक्रिया: स्तन क्यान्सरमा रोग लागेको भागलाई अप्रेसन गरी काटेर निकाल्नुपर्छ । जति छिटो क्यान्सर लागेको भाग फाल्न सकियो त्यति छिटो बिरामीलाई राम्रो हुन्छ ।

२. रेडियोथेरापी: विकिरणको प्रयोगबाट क्यान्सर भएका कोष–कोषिकाहरूलाई फैलन दि“दैन । क्यान्सर भएको स्तनको प्रायः ६ हप्तासम्म उपचार गराउनुपर्ने हुन्छ ।

३. केमोथेरापी: Anti Cancer Drugs को प्रयोगद्वारा स्तन क्यान्सरका कोषहरू मार्न यो विधि प्रयोग गरिन्छ । औषधिले अन्य कोषहरूलाई पनि असर गर्ने भएकाले वाकवाकी लाग्ने, बान्ता हुने, खान मन नलाग्ने, रगतको कमी देखिने, केश झर्ने आदि विभिन्न लक्षण देखा पर्छन् ।

४. हार्मोनथेरापी: स्तन क्यान्सरको उपचारमा हार्मोनको पनि प्रयोग गर्नुपर्छ ।

५. प्यालिएटिभ केयर: बिरामीको पीडा एवं असुविधा कम गर्न गरिने आवश्यक उपचारलाई प्यालिएटिभ केयर भनिन्छ ।

स्तन क्यान्सरको रोकथाम

आफ्नो स्तनको आफै परीक्षण गर्ने, सम्बन्धित चिकित्सकबाट नियमित स्तन परीक्षण गराउने, स्तनको एक्स–रे म्यामोग्राम परीक्षण गर्ने गरेमा स्तन क्यान्सरको लक्षण सुरुकै अवस्थामा फेला पार्न सकिन्छ ।

यसका साथै स्तन क्यान्सर रोकथामका सामान्य उपाय यस प्रकार छन् :

  • बोसोयुक्त खानेकुराहरू नखाने ।
  • धूम्रपान वा सुर्तीको सेवन नगर्ने ।
  • मोटोपन घटाउने ।
  • शिशुलाई दुई वर्षसम्म स्तनपान गराउने ।

महिलाहरू रोग फैलिएर अशक्त अवस्थामा ढिलो उपचार गर्न आउने भएकाले स्तन क्यान्सर भएका महिलाको मृत्यु हुने गरेको छ । त्यसैले सबै महिलाले यी कुराहरूलाई ध्यानमा राखी नियमित रूपमा आफ्नो स्तन परीक्षण गर्नुपर्छ । नेपाल सरकारले पनि दुर्गम क्षेत्रका साथै प्रायः सवै ठाउ“मा जनचेतना फैलाउन पर्याप्त बजेटको व्यवस्था गर्ने र अस्पतालहरूमा परीक्षण सुविधा उपलब्ध गराए महिलाहरूलाई अकाल मृत्युबाट सजिलै जोगाउन सकिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *