हिमालयन आर्ट फेस्टिभल नेपाल कला परिषद्मा आइतबारदेखि सुरु भएको छ। भदौ २९ सम्म चल्ने महोत्सवमा १२० कलाकारका कलाकृति प्रदर्शनीमा राखिएका छन्। प्रदर्शनीमा चित्रकला, मूर्तिकला, पौभा, सेरामिक आर्ट, इन्स्टलेसन र केही फोटोग्राफी कला पनि हेर्न सकिनेछ।
ई-आर्ट्सले सन् २०१७ देखि बर्सेनि महोत्सव गर्दै आएको छ। कोभिडका कारण सन् २०२० मा महोत्सव हुन सकेन। यो सातौं संस्करण हो।
महोत्सवमा नयाँ पुस्तादेखि वरिष्ठ कलाकारका चित्र समावेश रहेको छ । प्रदर्शनीमा वत्सगोपाल वैद्य, मदन चित्रकार, शशिकला तिवारी, श्यामलाल श्रेष्ठ, मनिषलाल श्रेष्ठ, जुपिटर प्रधान, रवीन्द्र श्रेष्ठ, लय मैनाली, देवेन्द्र सिंख्वाल, कृष्ण मानन्धर, किरण मानन्धर, राजन काफ्ले, आशा डंगोल, एरिना ताम्राकार, संगी श्रेष्ठ, सम्झना राजभण्डारी भाइराज महर्जन, प्रमिला बज्राचार्य, पृथ्वी श्रेष्ठ , विनोद प्रधान , सुष्मा राजभण्डारी , सिमा शाह, विधाता केसी, सागर मानन्धर सरिता डंगोल, इशान परियार, सुन्दर लामा, पूजा दुवाल, हितेष वैद्य, विप्लव प्रतीक, वाङ लामा लगायतका कला अवलोकन गर्न सकिनेछ।
महोत्सवको पहिलो दिन वरिष्ठ कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी पूर्वउपकुलपति शारदा चित्रकारलाई सम्मान गरिएको थियो। उनले २०१४ देखि २०७० सालसम्म बनाएका चित्र पनि महोत्सवमा राखिएका छन्।





Leave a Reply