पाटन दरबार क्षेत्रमा होलीको रौनक ( तस्वीरहरू )


पाटन दरबार क्षेत्रमा सहभागी भएर सयौंको संख्यामा युवा–युवती,वृद्धवृद्धा,बालबालिका होली मनाइरहेका छन् । परम्परागत बाजागाजा र आधुनिक रंगसँगै सबैले एकसाथ होली मनाइरहेका छन्।

आज फागु पूर्णिमा अर्थात् होली पर्व। आज हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। काठमाडौंका विभिन्न स्थानमा युवायुवती,बालबालिका तथा विदेशी पर्यटकहरू भेला भएर होली मनाइरहेका छन्।

यसै अवसरमा पाटन दरबार क्षेत्रमा सहभागी भएर सयौंको संख्यामा युवा–युवती,वृद्धवृद्धा,बालबालिका होली मनाइरहेका छन् । परम्परागत बाजागाजा र आधुनिक रंगसँगै सबैले एकसाथ होली मनाइरहेका छन्। दरबार स्क्वायर क्षेत्रमा विशेष गरी युवायुवती आ-आफ्नो समूहमा सहभागी भएर रङहरूको यो पर्वलाई उत्सवको रूपमा मनाइरहेका छन् । होली खेल्न विभिन्न स्थानबाट युवायुवतीहरू आउने क्रम जारी छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *