क्लासिक ग्यालरीमा २० महिलाका ५१ कलाकृति प्रदर्शनी


क्लासिक ग्यालरीमा भइरहेको प्रदर्शनीमा २० जना महिलाका ५१ कलाकृती समावेश छन्।। प्रर्दशनीमा जम्मा १६ जना नेपाली र ४ जना मलेसियाका महिला कलाकार सहभागी छन्।

क्लासिक ग्यालरीमा महिला कलाकारहरुको सामूहिक चित्रकला प्रर्दशनी चलिरहेको छ। काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको उपस्थितिमा फागुन २५ गतेबाट प्रदर्शनी सुरू भएको हो।

क्लासिक ग्यालरीमा भइरहेको प्रदर्शनीमा २० जना महिलाका ५१ कलाकृती समावेश छन्।। प्रर्दशनीमा जम्मा १६ जना नेपाली र ४ जना मलेसियाका महिला कलाकार सहभागी छन्।

काठमाडौंका मात्र नभई मोफसलबाट पनि महिलाहरु कला प्रर्दशनीमा भाग लिएका छन्। यस प्रर्दशनीमा चित्रकलाबाट १६ जना, प्रिन्तमेकिङबाट २ जना त्यसै सेरामिकबाट २ जना गरेर २० जनाको कृतिहरु सहभागी छन्। प्रदर्शनी चैत १९ गतेसम्म चल्नेछ।

महिला विकास र कलामा सशक्तिकरणका लागि ग्यालरीले निरन्तरताका रुपमा सामूहिक कला प्रर्दशनीको आयोजना गरेको ग्यालरीकी संस्थापक सरिता डंगोलले बताइन्।

ग्यालरीले स्थापित कलाकारका साथसाथै युवा पुस्ता महिला र फरक किसिमले समक्ष कलाकारहरुलाई पनि उच्च प्राथमिकता दिदै आएको छ। प्रत्येक वर्ष नारी दिवसको अवसरमा सामूहिक कला प्रदर्शनी गर्दै आइरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *