यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको रोपाइ जात्रा


असारको झमझम झरी, हिलाम्मे सहरको बाटो र माटोलाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायकाहरुले आइतबार रोपाइ“जात्राको झलक दिए । कोही पञ्चेबाजाको धुन बजाइरहेका थिए भने कोही त्यही धुनमा कम्मर मर्काएर धानको बेर्ना हातमा लिएर नृत्यमा मग्न थिए । कोही भने बाउसे र रोपारका रूपमा रोपाइ“ नै गरिरहेका थिए ।  मायाको पहिचान नेपाल, लिड नेपाल, डाकिनी हस्पिटालिटी…

असारको झमझम झरी, हिलाम्मे सहरको बाटो र माटोलाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायकाहरुले आइतबार रोपाइ“जात्राको झलक दिए । कोही पञ्चेबाजाको धुन बजाइरहेका थिए भने कोही त्यही धुनमा कम्मर मर्काएर धानको बेर्ना हातमा लिएर नृत्यमा मग्न थिए । कोही भने बाउसे र रोपारका रूपमा रोपाइ“ नै गरिरहेका थिए । 

मायाको पहिचान नेपाल, लिड नेपाल, डाकिनी हस्पिटालिटी र इनक्ल्युसिभ फोरम नेपालले संयुक्त रुपमाआयोजना गरेको कार्यक्रममा समुदायले असार १५ धान दिवसको मौलिक तथा परम्परागत संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले काठमाडौँमा ‘रोपाइ“जात्रा–२०८२ विविधता संस्करण’ आयोजना गरेका हुन् । ‘कृषि, पानी र पहिचानको उत्सव : हाम्रो शैलीमा, हाम्रो संस्कृतिमा’भन्ने मूलभावका साथ आयोजना गरिएको कार्यक्रममा समुदायका व्यक्तिहरु स“गै राजनीति तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । रोपाइ“जात्राको यो दोस्रो संस्करण हो । अघिल्लो वर्ष पनि राजधानीमै पहिलो संस्करणको रोपाइ“जात्राकार्यक्रम गरिएको थियो । 

‘मायाको पहिचान नेपाल’का कार्यकारी निर्देशक सुनिलबाबु पन्तले हाम्रो मौलिक संस्कृति र पर्वलाई हाम्रो आफ्नै शैली र परिवेश अनुसार मनाउने र त्यसलाई जगेर्ना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । यौनिकतथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई समेट्ने चाडपर्वहरू गाई जात्रा, रोपाइ“जात्रा, मारुनी नाच, तराई क्षेत्रका नटुवा, सिङारु, रत्यौली नाचहरु पहिलादेखि नै समावेश गर्दै आएको छ। 

कार्यक्रममा समावेशीमञ्च नेपालकाअध्यक्ष बद्रीपुन, यौनिकता लैङ्गिक अल्पसङ्ख्यक समुदायका अभियन्तातथा अधिकारकर्मी नुमालिम्बू(चञ्चला), मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डे लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *