‘नेचुरो अर्थ’ को ब्रान्ड एम्बेसडरमा सबिना काफ्ले नियुक्त


स्वास्थ्य र जनकल्याणमा सक्रिय सबिना काफ्ले अब नेपाली वेलनेस ब्रान्ड ‘नेचुरो अर्थ’ की आधिकारिक ब्रान्ड एम्बेसडर बनेकी छन्। दिगो र जैविक जीवनशैलीको प्रवर्द्धनमा समर्पित ‘नेचुरो अर्थ’ ले असार १४ गते एक औपचारिक घोषणामार्फत काफ्लेलाई ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको हो। सबिना काफ्ले नेपालमा प्रजनन स्वास्थ्य तथा मातृ स्याहारको क्षेत्रमा लामो समयदेखि क्रियाशील छिन्। उनले समाजमा…

स्वास्थ्य र जनकल्याणमा सक्रिय सबिना काफ्ले अब नेपाली वेलनेस ब्रान्ड ‘नेचुरो अर्थ’ की आधिकारिक ब्रान्ड एम्बेसडर बनेकी छन्। दिगो र जैविक जीवनशैलीको प्रवर्द्धनमा समर्पित ‘नेचुरो अर्थ’ ले असार १४ गते एक औपचारिक घोषणामार्फत काफ्लेलाई ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको हो।

सबिना काफ्ले नेपालमा प्रजनन स्वास्थ्य तथा मातृ स्याहारको क्षेत्रमा लामो समयदेखि क्रियाशील छिन्। उनले समाजमा स्वास्थ्य सचेतना फैलाउने कार्यमा उल्लेखनीय योगदान दिँदै आएकी छन्।

सन् २०१८ देखि सञ्चालनमा रहेको ‘नेचुरो अर्थ’ ले प्राकृतिक र रसायनमुक्त उत्पादनहरू जस्तै होममेड साबुन, भर्जिन कोकोनट ओयल, आलसको तेल, शिलाजीत लगायतका सौन्दर्य तथा जीवनशैलीसँग सम्बन्धित उत्पादनहरू उत्पादन र प्रवर्द्धन गर्दै आइरहेको छ।

नेपालका उत्कृष्ट हिमालयन जैविक उत्पादनहरूलाई सबैसम्म पुर्‍याउने अभियानमा संलग्न हुन पाएकोमा काफ्लेले खुशी व्यक्त गरेकी छन्।

‘सबिनाजीको स्वास्थ्यप्रतिको समर्पण, दिगोपनमा विश्वास र समुदाय सशक्तीकरणमा प्रतिबद्धता हाम्रो ब्रान्डको मूल दृष्टिकोणसँग गहिरो रूपमा मेल खान्छ,’ ‘नेचुरो अर्थ’ का सह–संस्थापक अंकित अग्रवालले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *