प्राध्यापक डाक्टर सबिना श्रेष्ठको पुस्तक ‘अकथ्यको प्रतिध्वनि’ को लोकार्पण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानन्यायाधिश विश्वम्भर प्रसाद श्रेष्ठ, साहित्यकार तथा पूर्व अर्थमन्त्री शंकर कोइराला लगायतले उक्त कृतिको लोकार्पण गरेका हुन्। उक्त पुस्तक नेपाली भाषाका साथै अग्रेजीमा Silent Echoes र नेवारी (नेपाल भाषामा) मकंगु हा:स: समेत आजै एकसाथ लोकार्पण गरियो ।
साथै डा सबिना श्रेष्ठद्धारा लिखित ‘आफूलाई भुलाई’ नामक कविता संग्रह पनि लोकार्पण गरिएको छ । जसमा ३४ वटा कविता समावेश गरिएको छ । अकथ्यको प्रतिध्वनि कृतिको समिक्षा साहित्यकार पवित्रा दाहालले गरेकी थिइन ।
यसैगरी आफूलाई भुलाई नामक कविता संग्रहमाथि टिप्पणी गर्दै साहित्कार शैलेन्द्र शाकारले एक जना डाक्टरले पनि यति संवेदनशिल भएर भावनामा बगेर यति राम्रो कविता लेख्न सक्छन भन्नेमा आफू चकित परेको बताए । उनले सबै कविता उत्कृष्ट, भावनात्मक र मिठासपूर्ण रहेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका पूर्व प्रधानध्यायाधिश श्रेष्ठले कैदीबन्दीहरुको कथा र वास्तविक जीवन बाहिर ल्याएर धेरैलाई झकझकाउने काम लेखकले गरेको बताए । उनले कुनै पनि व्यक्ति निर्दोष भएर पनि कसरी अरुको चंगुलमा पर्न सक्छ भन्ने कुराले नेपालको न्याय प्रणालीमै एकपटक विचार गर्नपर्ने गरी पुस्तक आएको जिकीर गरे । उनले कोही पनि निर्दोष व्यक्तिलाई सजाय हुनुहुन्न भन्ने कुरा भन्दैगर्दा यी १०२ जनाको कथाले एकपटक सोच्नैपर्ने बनाएको र प्रश्न खडा गरेको समेत जिकीर गरे ।
कार्यक्रममा साहित्यकार शंकर कोइरालाले डा सबिनाले कैदीबन्दीहरुको कथा बाहिर ल्याएर निकै सराहनीय काम गरेको बताए । पुस्तकका १०२ जना कैदी बन्दीहरुको भोगाई, जेल बसाई, कानुनप्रतिको धारणा, किन र कसरी जेलसम्मको यात्रा भयो लगायतका विषय समावेश छन्।



Leave a Reply