सेलीब्रेटीका मनका कुरा


समाजमा आफ्नो विशिष्ठ कर्म र योग्यताबाट ख्याती कमाएका व्यक्तिहरु ‘सेलीबे्रटी’ हुन् । सिनेमा, संगीत, खेलकूद, साहित्य, राजनीति लगायत अनेक क्षेत्रमा स्व–क्षमताका आधारमा पहिचान बनाउन सक्ने व्यक्तिहरु नै सेलीब्रेटी हुन् । अथवा यसरी पनि बुझौं, जसको नीजि जीवन आम मान्छेका लागि चासोको विषय बन्छ, सामाजिक सञ्जाल अनि विभिन्न मिडियामा जो छाइरहन्छन्, तिनै सेलीब्रेटी हुन् । जस्तो…

समाजमा आफ्नो विशिष्ठ कर्म र योग्यताबाट ख्याती कमाएका व्यक्तिहरु ‘सेलीबे्रटी’ हुन् । सिनेमा, संगीत, खेलकूद, साहित्य, राजनीति लगायत अनेक क्षेत्रमा स्व–क्षमताका आधारमा पहिचान बनाउन सक्ने व्यक्तिहरु नै सेलीब्रेटी हुन् । अथवा यसरी पनि बुझौं, जसको नीजि जीवन आम मान्छेका लागि चासोको विषय बन्छ, सामाजिक सञ्जाल अनि विभिन्न मिडियामा जो छाइरहन्छन्, तिनै सेलीब्रेटी हुन् । जस्तो कि, सिने क्षेत्रका कलाकारहरु ।

चकाचौध रोशनी र तालीको गडगडाहटवीच जब कुनै सेलीब्रेटी कलाकार दर्शक सामु आउछ, यस्तो लाग्छ, उ कुनै बेग्लै संसारको मान्छे हो । का“चको पर्दामा देखिंदा अथवा रेड कार्पेटमा हिड्दा, तिनको सजावट, पहिरन, हरसमय ओठमा देखिन मुस्कानले सेलीब्रेटीहरु चम्किएका हुन्छन् । सिनेमाको पर्दा वा सार्वजनिक उपस्थितिमा चम्किला देखिने यी अनुहार पर्दा पछाडि पनि त्यत्तिकै चम्केलान ? ख्याति कमाएका सेलीब्रेटीहरुको व्यक्तिगत जीवन के त्यस्तै सहज, लोभलाग्दा अनि सन्तुलित होला ? सिने क्षेत्रका चर्चित हस्तीहरु पर्दा बाहिरको दुनिया“मा कसरी रमाउलान् ? के सोच्लान् ? तिनको परिवार, साथीभाई र समाजसंगको कस्तो सम्बन्ध होला ? कस्तो जीवनशैली विताउलान् ? वाह जिन्दगीको यो अंक यी र यस्ता प्रश्नमा समर्पित छ ।

त्यसकारण यस अंकमा कलाकारको ‘रिल’ जीवनशैली देखेका दर्शक/पाठकले तिनको ‘रियल लाइफ’का कथा पढ्न पाउनुहुनेछ । पर्दामा देखिने उन्मुक्त हा“सोका पछाडिको रोदन, तनाव, सार्वजनिक, नीजि अनि पारिवारिक जीवनमा सन्तुलन खोज्दा तिनले भोगेको जटिलता र चुनौतीका कथा उजागर गरिएका छन् । मुख्यत : अहिलेको समयकी चर्चित नायिक केकी अधिकारी र ख्यातीप्राप्त नायक दयाहाङ राईका मनका कुरा यसका मुख्य आकर्षण हुन् ।
केकी अधिकारी अहिलेको समयकी एक सशक्त अभिनय क्षमता भएकी कलाकार हुन् । भावानात्मक अभिव्यक्ति र यथार्थपरक प्रस्तुतीका लागि उनी चिनिएकी छन् । उनले अभियन गरेका भूमिका यथार्थपरक र मन छुने खालका हुन्छन् । तर, जब केकी पर्दा बाहिर हुन्छिन्, उनीसंग बोल्ने विषय नै हुदैन । उनी आफै भन्छिन्, ‘म पर्दामा जुनसुकै चरित्र निभाउन सक्छु– भावुक, ऊर्जावान, विद्रोही या प्रेमिल । तर वास्तविक जीवनमा केकीको रूपमा मसँग बोल्ने विषय नै कहिलेकाहीँ रहँदैन । क्यामेरासामु जीवन बिताउँदा पर्दा पछाडिको केकी अलिकति हराइरहेझैँ लाग्छ ।’

दयाहाङ राई शारिरीक बनोटले कुनै सिनेमाको नायक लाग्दैनन । तर, उनको अभिनय क्षमता नेपाली दर्शकले यतिधेरै रुचाइदिए कि, अहिले उनी नेपाली सिने क्षेत्रका एक अव्बल नायक हुन् । सिनेमा वा रंगमञ्चको टिम लिड गर्दा उनी आफूलाई अभिभावक सम्झन्छन् तर जब घर पुग्छन्, त्यो भूमिका निर्वाह गर्न नसकेको महसुस गर्छन् । उनले हामीसंग मनका कुरा खोल्दै कलाकारिता र पारिवारिक सम्बन्धका उतारचढाव र चुनौतीहरु बारे सविस्तार कुराकानी गरेका छन् ।

पत्रकार शेखर खरेलले नेपालको सन्दर्भमा सेलीबे्रटी बन्नु र त्यही हैसियतमा टिकिराख्नु कति पीडादायी र चुनौतीपूर्ण छ भन्ने विषयमा आफ्नो अभिमत प्रकट गरेका छन् पत्रकार एवं सिने निर्देशक सुव्रत आचार्यले सिने क्षत्रे र सेलीबे्रटीका अध्यारा पक्षहरु उजागर गरेका छन् । यस अतिरिक्त अरु थुप्रै नामचीन कलाकारहरु पर्दा पछाडि के गर्छन्, के सोच्छन् ? तिनका मनका कुरा समेटिएका छन् । कलाकारहरुका जीवन दर्शन, आत्मसंघर्ष, समाज र परिवारसंगको सम्बन्ध र धारणा तिनका कथा मार्फत उजागर भएका छन् । सारमा, हामीले स्टारडम र सेलीब्रेटी दुनियाको चकाचौध भित्र लुकेको एउटा साधारण मान्छेको खोजी गर्ने प्रयत्न गरेका छौं ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *