नाडा अटो शोमा उड्ने कार राखिने


यस वर्षको नाडा अटो शोमा उड्ने कार, रोबोट्स लगायत गाडी तथा पार्टहरूको प्रदर्शनी हुने भएको छ। नाडा अटो मोबाइल्स एसोसियसन अफ नेपाल (नाडा)को आयोजनामा आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म आयोजना गरिने अटो शोको तयारीमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष करण चौधरीले यसपालिको अटो शोमा धेरै विशेषता देख्न पाइने बताएका हुन्। अध्यक्ष चौधरीका अनुसार…

यस वर्षको नाडा अटो शोमा उड्ने कार, रोबोट्स लगायत गाडी तथा पार्टहरूको प्रदर्शनी हुने भएको छ।

नाडा अटो मोबाइल्स एसोसियसन अफ नेपाल (नाडा)को आयोजनामा आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म आयोजना गरिने अटो शोको तयारीमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष करण चौधरीले यसपालिको अटो शोमा धेरै विशेषता देख्न पाइने बताएका हुन्।

अध्यक्ष चौधरीका अनुसार चीनमा उत्पादित दिपलको उड्ने कार नाडा अटो शोमा राख्न थालिएको हो। भविष्य मोबिलिटी देखाउनको लागि यो कार राख्न थालिएको अध्यक्ष चौधरीले बताए।

नेपालमा पहिलो पटक दिपलको आधिकारीक बिक्रेता कम्पनीले एमएडब्लु वृद्धिले उड्ने कार ल्याउन लागेको हो।

अमेरिका, चीन, युरोप लगायतका क्षेत्रमा उड्ने कारहरूको प्रयोग हुन थालेको छ। यसपालिको नाडामा दिपलले प्रदर्शनीको लागि यो कार भित्र्याउन थालेको हो।

काठमाडौंको भृकुटी मण्डपमा आयोजना गरिने १७औं संस्करणको नाडा अटो शोको नारा ‘गो फर मोर’ भन्ने दिइएको छ। यसपालिको नाडा एक्स्पोले दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब दिइने दाबी गरिएको छ।

१२५ स्टल रहने नाडा अटो शोमा १९ ब्राण्डमा चार पांग्रे, १३ ब्राण्डका हल्का व्यवसायिक गाडी, ४ ब्राण्डका दुई पांग्रे र ३५ ब्राण्डका लुब्रिकेट, टायर ब्याट्री लगायत हुने बताइएको छ।

३ लाख वर्गफुट क्षेत्रफलमा गरिने एक्स्पो अहिलेसम्मकै ठूलो हुने दाबी नाडाको छ।

नाडा अटो शोमा चार पांग्रे, दुई पांग्रे, व्यवसायिक, अटो पार्टस् र वित्तीय सेवा गरी विभाजन गरेर स्टलहरू राखिने उल्लेख छ। खल्ती आइएमई एपमार्फत टिक अग्रिम बुकिङ गर्न सकिने उल्लेख गरिएको छ।

महानगरीय ट्राफिक प्रहरीको साझेदारीमा ट्राफिक सूचना डेक्स राखिने तथा आपतकालीन स्वास्थ्य डेक्स राखिने उल्लेख गरिएको छ।

यसपालिको प्रदर्शनीमा एक लाख बढीले अवलोकन गर्ने नाडाको आकलन छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *