हिमालयन आर्ट फेस्टिवल २०२५ सुरु, १०० भन्दा बढी नेपाली कलाकारका कृतिहरू प्रदर्शनीमा


ई–आट्र्स नेपालले आयोजना गरेको ८औं संस्करणको ‘हिमालयन आर्ट फेस्टिवल २०२५’ शुक्रबार काठमाडौंमा भव्य रूपमा प्रारम्भ भएको छ । नेपाल आर्ट काउन्सिल, बबरमहलमा सुरु भएको सप्ताहव्यापी महोत्सवको संयुक्त रूपमा ‘शार्क ट्याङ्क नेपाल’ का पाँचै शार्क—अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, आईएमी ग्रुपका सह–संस्थापक हेमराज ढकाल, निम्बस होल्डिङका निर्देशक आनन्द बगरिया, टोयोटा नेपालकी प्रबन्ध निर्देशक ऋतुसिंह वैद्य र…

ई–आट्र्स नेपालले आयोजना गरेको ८औं संस्करणको ‘हिमालयन आर्ट फेस्टिवल २०२५’ शुक्रबार काठमाडौंमा भव्य रूपमा प्रारम्भ भएको छ । नेपाल आर्ट काउन्सिल, बबरमहलमा सुरु भएको सप्ताहव्यापी महोत्सवको संयुक्त रूपमा ‘शार्क ट्याङ्क नेपाल’ का पाँचै शार्क—अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, आईएमी ग्रुपका सह–संस्थापक हेमराज ढकाल, निम्बस होल्डिङका निर्देशक आनन्द बगरिया, टोयोटा नेपालकी प्रबन्ध निर्देशक ऋतुसिंह वैद्य र पद्म ज्योति ग्रुपका निर्देशक सौरभ ज्योती—ले उद्घाटन गरे।

उद्घाटन समारोहमा वरिष्ठ कलाकार तथा डिजाइनर श्यामदास अशान्तलाई सम्मान गरिएको थियो। साथै, दिवंगत कलाकार प्रशान्त श्रेष्ठको स्मृतिमा स्थापना गरिएको ‘प्रशान्त स्कलरशिप अवार्ड २०२५’ पनि प्रदान गरियो । सन् २००३ देखि दिइँदै आएको यो छात्रवृत्ति नव–युवा कलाकारहरूको प्रोत्साहन र विकासमा केन्द्रित छ, जसअन्तर्गत फाइन आट्र्स कलेज, सिर्जना कलेज अफ फाइन आट्र्स र काठमाडौं विश्वविद्यालयका कला विभागका विद्यार्थीहरूलाई सम्मानित गरिन्छ।

यो वर्षको फेस्टिवलमा १४० भन्दा बढी नेपाली कलाकारका पेन्टिङ, पौभा, मूर्तिकला, प्रिन्ट मेकिङ, इन्स्टलेशन, सेरामिक्सलगायतका विधाका उत्कृष्ट कृतिहरू प्रदर्शनीमा राखिएका छन्। महोत्सव साउन २९ गतेसम्म चल्नेछ।

ई–आट्र्स नेपाल सन् २०१० मा स्थापना भएको एक अनलाइन आर्ट ग्यालरी हो, जसले कलाकार, संग्राहक र कला रुचाउनेबीच पुलको काम गर्दै नेपाली समकालीन कलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य राखेको छ। इ आर्टकी सुजान श्रेष्ठका अनुसार, सन् २०१७ देखि वार्षिक रूपमा हुँदै आएको ‘हिमालयन आर्ट फेस्टिवल’ सो यात्राको एउटा महत्वपूर्ण हिस्सा हो।

कलाकार आशा डंगोलका अनुसार, यो फेस्टिवलले नेपाली कर्पोरेट क्षेत्रलाई कलामा लगानी गर्न प्रेरित गर्ने मात्र नभई, स्थानीय संग्राहक र कला प्रेमीलाई प्रत्यक्ष रूपमा कला अभ्याससँग जोड्ने अवसर पनि प्रदान गर्छ।

उद्घाटनपछि क्याबिनेट श्रेष्ठले यस्ता कला महोत्सव अझ धेरै हुनुपर्ने धारणा राखे। उनले सन् १९९४ तिर पुतलीसडकस्थित सिदार्थ आर्ट ग्यालरी’को उद्घाटनमा पहिलो पटक धेरै नेपाली कलाकारका कृतिहरू नजिकबाट हेर्ने अवसर पाएको सम्झिए । त्यतिबेला सशिकला तिवारीको चित्र मन परेको तर महँगो भएकाले किन्न नसकेको स्मरण गर्दै उनले भने, “व्यवसाय राम्रो हुन थालेपछि आर्ट संकलन पनि गर्न थालेँ। यस्ता फेस्टिवलले कलेक्टर बन्न चाहनेका लागि पनि सहज वातावरण दिन्छन् ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *