हिमालयन आर्ट फेस्टिवलमा बालबालिकाका लागि विशेष कला कार्यशाला


हिमालयन आर्ट फेस्टिवल २०२५ अन्तर्गत कला सिकिरहेका बालबालिकाहरूका लागि विशेष कला कार्यशाला शनिबार सम्पन्न भयो। यस कार्यक्रममा ३५ जना विभिन्न विद्यालयका बालबालिका सहभागी थिए। कलाकार सम्झना राजभण्डारीले समन्वय गरेको उक्त कार्यशालाको मुख्य उद्देश्य बालबालिकामा कलाकार र कलाप्रति जागरुकता जगाउनु र कलाबाट जीवनयापन गर्ने सम्भावनाबारे जानकारी गराउनु थियो। समन्वयक सम्झना राजभण्डारीका अनुसार, “यस प्रकारका कार्यशालाले बालबालिकालाई…

हिमालयन आर्ट फेस्टिवल २०२५ अन्तर्गत कला सिकिरहेका बालबालिकाहरूका लागि विशेष कला कार्यशाला शनिबार सम्पन्न भयो। यस कार्यक्रममा ३५ जना विभिन्न विद्यालयका बालबालिका सहभागी थिए। कलाकार सम्झना राजभण्डारीले समन्वय गरेको उक्त कार्यशालाको मुख्य उद्देश्य बालबालिकामा कलाकार र कलाप्रति जागरुकता जगाउनु र कलाबाट जीवनयापन गर्ने सम्भावनाबारे जानकारी गराउनु थियो।

समन्वयक सम्झना राजभण्डारीका अनुसार, “यस प्रकारका कार्यशालाले बालबालिकालाई मनपरेका कलाकारलाई नजिकबाट चिन्ने मौका मात्र नभई तिनका सिर्जनाहरूलाई पनि नजिकबाट अवलोकन गर्ने सुनौलो अवसर प्रदान गर्छ।”

यो पहलले नजिकको भविष्यमा बालबालिकामा कलाप्रति रुचि र समझ बढाउने विश्वास गरिएको छ, जसले नेपालको सांस्कृतिक र कलात्मक विरासतलाई अझ बलियो बनाउन सहयोग गर्नेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *