‘मिस नेपाल २०२५’को ताज सार्वजनिक गरिएको छ । हीराबाट निर्मित यी ४ ताज श्री नट्राज ज्वेलर्सले तयार पारेको हो ।
बुधबार आयोजित समारोहमा द हिडन ट्रेजरले चार विधाका भिन्न–भिन्न ताज सार्वजनिक गरेको हो ।
मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल, मिस नेपाल अर्थ र मिस नेपाल कोस्मो विधाका फरक डिजाइनका क्राउन सार्वजनिक गरियो ।

मिस नेपाल वर्ल्ड आस्माकुमारी केसी, मिस नेपाल अर्थ सुमना केसी, मिस नेपाल इन्टरनेसनल करुणा रावत र श्री नट्राज ज्वेलर्सकी व्यवसायिक दूत तथा अभिनेत्री आँचल शर्माले ताज सार्वजनिक गरे ।
सार्वजनिक चारै क्राउनलाई भिन्न डिजाइन र स्वरुपमा तयार पारिएको छ । डिजाइनको शैलीले सम्बन्धित विधाको महत्वलाई दर्शाउने द हिडन ट्रेजरका अध्यक्ष अजयरत्न स्थापितले बताए ।
‘मिस नेपाल २०२५’को ग्रान्ड फिनाले आउँदो शनिबार ललितपुरको गोदावरीमा आयोजना हुँदैछ ।

उक्त फिनालेमा विजेताले ती ताज पहिरिनेछन् । हिडन ट्रेजर प्रमुख स्थापितले ताज सार्वजनिक गर्ने अवसर कुनै समारोहभन्दा उच्च स्तरको रहेको बताए ।
उनका अनुसार द हिडन ट्रेजर र नटराज ज्वेलर्सले ५ वर्षको लागि यस्तो सम्झौता गरेका हुन् । यसवर्ष द हिडन ट्रेजरले स्थापनाको ३० औं वर्ष मनाउँदैछ ।



Leave a Reply