‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेललाई


 सन् २०२५ की मिस नेपाल काे ताज ललितपुरकी लुना लुइँटेलले जितेकी छन्। शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न भव्य ग्रान्ड फिनालेमा उनले २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपाल वर्ल्ड को उपाधि आफ्नो नाममा लेखाएकी हुन्। कार्यक्रमको अन्त्यमा पूर्व मिस नेपाल आस्मा कुमारी केसीले लुइँटेललाई ताज पहिर्याइदिएकी थिइन्। त्यस्तै, मिस अर्थ नेपाल २०२५ को…

 सन् २०२५ की मिस नेपाल काे ताज ललितपुरकी लुना लुइँटेलले जितेकी छन्। शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न भव्य ग्रान्ड फिनालेमा उनले २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपाल वर्ल्ड को उपाधि आफ्नो नाममा लेखाएकी हुन्।

कार्यक्रमको अन्त्यमा पूर्व मिस नेपाल आस्मा कुमारी केसीले लुइँटेललाई ताज पहिर्याइदिएकी थिइन्।

त्यस्तै, मिस अर्थ नेपाल २०२५ को उपाधि सोनी घलेले जितिन्। उनलाई पूर्व मिस अर्थ सुमना केसीले ताज लगाइदिइन्।
यस्तै, मिस नेपाल इन्टरनेसनल २०२५ को ताज उरूषा भण्डारीले हात पारिन्। उनलाई पूर्व मिस नेपाल इन्टरनेसनल करूणा रावलले ताज प्रदान गरेकी थिइन्।

हिडन ट्रेजरले आयोजना गरेको यो प्रतियोगिता मिस नेपालको ३१औं संस्करण हो।

यी हुन् सहविधामा पुरस्कार पाउनेहरू :

मिस हेल्दि स्किन, आरती थापा

मिस कन्फिडेन्ट, प्रज्ञिका क्षेत्री

मिस ग्रिन भिजिनरी, जगदिश्वरी शाह

मिस प्रिस्टिन, प्रियंका थापा

मिस टाइमलेस इलिजेन्स, उरुषा भण्डारी

मिस फेस अफ द इयर, स्मृति श्रेष्ठ

मिस इम्पावर्ड च्वाइस, दीपशिखा नेपाल

मिस डिलाइटफूल ह्याप्पीनेस इन्टिलिजेन्ट, लुना लुँइटेल

मिस ब्युटीफुल हेयर, सइच्छा थापा

मिस पपुलर च्वाइस, उरुषा भण्डारी

मिस फोटोजेनिक, स्मृति श्रेष्ठ

मिस फेस अफ फार्मेसी, स्मृति श्रेष्ठ

मिस ब्युटी विथ अ पर्पस, श्रृष्टि कुमारी तामाङ

मिस इन्टलेक्चुअल, श्रुति महर्जन

मिस वुमन विथ विंग्स, निलिमा पोखरेल

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *