क्रोधकला शिरोमणि कालु कुमालेको जीवनकालमा आधारित म्युजिक भिडियो बजारमा आएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल हस्तकला महासंघ र हाम्रो पात्रोको सहकार्य एवं क्रोधकला शिरोमणि फाउण्डेशनको आयोजनमा कुमालेको ९३ औं जन्म वर्षको अवसरमा उक्त भिडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको उक्त “शान्त्त स्वभावका” नामक सो म्युजिक भिडियोमा गायन तथा संगित गायककार नरेन्द्र प्यासी तथा लेखनकार्य प्रेम महर्जन एवं सम्पादन र छायाँकन भने लुजा सिंहले गरेका छन् ।
उक्त भिडियोका निर्माण गरेकाे क्रोधकला फाउण्डेशनका अध्यक्ष राकेश अवालेले क्रोधकला शिरोमणि कुमाले जस्ता कलाकारका राष्ट्रका साथै अन्तराष्ट्रिय स्तरमा पुगेको पहिचानको कदर स्वरुप म्युजिक भिडियो बनाउन जरुरी देखिएको भनाइ राखे । उनले भने, “कलाकारहरु बजारबाट विस्तारै पलायमान हुँदै गइरहेको अवस्थामा उहाँहरुको कामको खुबै सम्मान हुनुपर्ने छ ।”
यसैगरी सो भिडियोका सम्पादक सिंहले कलाकार कुमालेको सिप प्रोत्साहनका लागि सो भिडियोले अन्य कलाकारमा समेत सकारात्मक उर्जा प्रदान गर्ने जिकिर गरे । उनले भने, “यस्ता कामले कलाकारको काम ओझेलमा पर्न दिने छैन ।”

त्यसैगरी कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोलले नेपाली कलाकारको सिप बारे स्वदेशी व्यक्ति अनविज्ञ रहेको दुखेसो गर्दै विदेशी व्यक्तिले मात्र त्यसको मूल्य बुझ्ने चिन्ता व्यक्त गरे ।
सो म्युजिक भिडियो भने गित सहित १२ मिनेटको रहेको छ ।

उक्त कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका वर्तमान कुलपति नारदमणि हार्तम्छाली, जनमत मासिकका प्रधान सम्पादक मोहन दुवाल, नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्य, क्रोधकला शिरोमणि फाउण्डेशनका अध्यक्ष अवाले लगायतका थुप्रै व्यक्तित्वको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा भैरवकालीको नृत्य सहित सम्मानको कार्यक्रम समेत आयोजना गरिएको थियो ।



Leave a Reply