शनिबार सम्पन्न ग्रान्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै रक्षाले मिसेस नेपाल वर्ल्ड २०२५ को उपाधि चुमेकी हुन् ।
मिसेस नेपाल वर्ल्ड २०२५ को उपाधि बुटवलकी रक्षा पन्तले जितेकी छन् । काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै रक्षाले मिसेस नेपाल वर्ल्ड २०२५ को उपाधि चुमेकी हुन् ।

कार्यक्रमका प्रमुख निर्णायक नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले अन्तिम प्रतिस्पर्धामा सोधेको समाजमा विद्यमान विकृतिमध्ये तपाईं के हटाउन चाहनु हुन्छ भन्ने निर्णायक प्रश्नको सटिक जवाफ दिएर रक्षाले सो उपाधि हासिल गरेकी हुन् । केडी फोटोग्राफी मस्ट फोटोजेनिक उपाधि विजेतासमेत बनेकी उनले शीर्ष उपाधिसँगै स्कुटरका साथ अमेरिकामा हुने मिसेस वर्ल्ड २०२६ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर पनि प्राप्त गर्ने भएकी छन् ।


प्रतियोगितामा सञ्जु भट्ट मिसेस नेपाल इन्टरनेसनल भइन्। उनले सेन्ट्रल फेसन स्कुल फेसन आइकनको उपाधिलाई पनि आफ्नो बनाइन् । त्यसैगरी दिपिका तामाङ एमएस नेपाल इन्टरनेसनलको उपाधि विजेता भइन् । मिसेस नेपाल वर्ल्डमा विद्या चौहान फस्ट रनर्सअपका साथमा भ्युवर्स च्वाइस र फेसबुक च्वाइस, एलिना केसी सेकेन्ड रनर्सअपका साथमा क्युट केयर बेस्ट हेयर र निर्मला सुनुवार थर्ड रनर्सअपका साथमा सावित्री कञ्जनजंगा बेस्ट डान्सरको विजेता भए । उनीहरूले उपाधिसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

मिसेस नेपाल इन्टरनेसनल विजेताले सिंगापुरमा हुने मिसेस इन्टरनेसनल र एमएस नेपाल इन्टरनेसनल विजेताले सिंगापुरमै हुने एमएस इन्टरनेसलन प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउने छन् ।
सोही अवसरमा अभिनेत्री, कथाकार तथा गीतकार पूजा चन्दलाई झन्डै साढे ३ दशकदेखि नेपाली चलचित्रका साथमा कला, संस्कृति र साहित्यको क्षेत्रमा योगदान पुर्याएबापत मानार्थ मिसेस नेपाल वर्ल्ड २०२५ बाट सम्मानित गरियो ।
प्रतियोगितामा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल,
अभिनेता, रंगकर्मी तथा फिल्म निर्देशक सरोज खनाल, अभिनेत्री सनी रौनियार, मिसेस नेपाल वल्र्ड २०२३ पृथिविया थापा, ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, अभिनेता, कोरियोग्राफर, लेखक तथा फिल्म निर्माता गजित विष्ट र जनरल फिजिसियन डा. कर्ट निर्णायक रहेका थिए।



Leave a Reply