टियागो ईभीमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर


टाटा मोटर्स नेपालका लागि एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले समाजका लागि निरन्तर सेवा गर्ने मेडिकल समुदायप्रति सम्मान प्रकट गर्दै टियागो ईभीमा विशेष योजना सुरु गरेको छ। यस योजनाअन्तर्गत टियागो ईभी किन्न इच्छुक मेडिकल समुदायको ग्राहकले आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन्। साथै हरेक टियागो इभिको बुकिङमा लिटम्यान स्टेथोस्कोप पनि…

टाटा मोटर्स नेपालका लागि एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले समाजका लागि निरन्तर सेवा गर्ने मेडिकल समुदायप्रति सम्मान प्रकट गर्दै टियागो ईभीमा विशेष योजना सुरु गरेको छ।

यस योजनाअन्तर्गत टियागो ईभी किन्न इच्छुक मेडिकल समुदायको ग्राहकले आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन्। साथै हरेक टियागो इभिको बुकिङमा लिटम्यान स्टेथोस्कोप पनि पाउनेछन्।

यस अफरको मुख्य आकर्षण अन्तर्गत ग्राहकले तीन उत्कृष्ट उपहार विकल्पमध्ये कुनै एक बाली भ्रमण जोडीका लागि आईफोन १७ प्रो म्याक्स वा वा सबैभन्दा ठूलो नगद छुट रोज्न सक्नेछन् ।

योजनामा थप रूपमा सर्वश्रेष्ठ एक्सचेन्ज मूल्य, जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एक्सेसरीज, तथा फ्री होम चार्जर इन्स्टलेसन जस्ता मूल्यवान सुविधाहरू समेटिएको कम्पनिीले जनाएको छ ।

यी सुविधाले मेडिकल समुदायका ग्राहकहरुलाई थप सहज र भरपर्दो अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *