करातेकी एरिका बनिन् वर्षको उत्कृष्ट महिला खेलाडी


एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८१ मा करातेकी एरिका गुरुङ वर्षको उत्कृष्ट महिला खेलाडी बनेकी छन् । बुधबार पोखरास्थित प्रदेश सभागृहमा आयोजित अवार्ड समारोहमा एरिकाले आफ्ना चार प्रतिस्पर्धीलाई पछि पारिन् । यो विधाको मनोनयनमा एरिकासँगै मानमती धामी (खोखो), एलिसा रास्कोटीमगर (कराँते), रेखा पौडेल (फुटबल) र सलिना श्रेष्ठ (भलिबल) थिए । एरिका लगातार दोस्रो वर्ष एनएसजेएफ पल्सर स्पोर्ट्सको…

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८१ मा करातेकी एरिका गुरुङ वर्षको उत्कृष्ट महिला खेलाडी बनेकी छन् ।

बुधबार पोखरास्थित प्रदेश सभागृहमा आयोजित अवार्ड समारोहमा एरिकाले आफ्ना चार प्रतिस्पर्धीलाई पछि पारिन् । यो विधाको मनोनयनमा एरिकासँगै मानमती धामी (खोखो), एलिसा रास्कोटीमगर (कराँते), रेखा पौडेल (फुटबल) र सलिना श्रेष्ठ (भलिबल) थिए । एरिका लगातार दोस्रो वर्ष एनएसजेएफ पल्सर स्पोर्ट्सको महिलातर्फ उत्कृष्ट खेलाडी चुनिएकी हुन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने अवार्ड कुल ११ विधामा प्रदान गरिने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *