जाडोमा भक्का


भक्का पूर्वी तराईको परम्परागत परिकार हो । यो अन्न ,जाडो र समुदायसँग जोडिएको संस्कार हो। तराईमा जाडो र अन्न प्राय: एकैसाथ भित्रिन्छ । यही मौसम र अन्नको मेलसँगै भक्का बनाउने चलन सुरु हुन्छ । नयाँ धानको चामल पिसेर बाफमा यो पकाइन्छ । म:म बनाएर वाफमा पकाए जसरी नै भक्का पकाइन्छ । यो पूर्वीतराईको आफ्नै पहिचान…

भक्का पूर्वी तराईको परम्परागत परिकार हो । यो अन्न ,जाडो र समुदायसँग जोडिएको संस्कार हो। तराईमा जाडो र अन्न प्राय: एकैसाथ भित्रिन्छ । यही मौसम र अन्नको मेलसँगै भक्का बनाउने चलन सुरु हुन्छ । नयाँ धानको चामल पिसेर बाफमा यो पकाइन्छ । म:म बनाएर वाफमा पकाए जसरी नै भक्का पकाइन्छ । यो पूर्वीतराईको आफ्नै पहिचान हो । बिशेषत: यो राजवशी समुदायको परम्परागत परिकार हो ।

स्वास्थ्यको दृष्टिले भक्का सरल तर सन्तुलित खाना हो । बाफमा पाक्ने भएकाले पचाउन सजिलो हुन्छ । जाडोमा शरीर तताउँछ, तर पाचन बिगार्दैन । मसला वा तेल हुँदैन। धनियाको चट्टनी वा गोलभेडाको अचारसँग खाने चलनले ऊर्जा र पोषणको सन्तुलन दिन्छ । जाडो सुरु भएदेखि पुसको अन्त्यसम्म निरन्तर बनाइन्छ भक्का । पुसको अन्तिमतिर विशेष दिनका रूपमा भक्का दिवस मनाइन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *