मिथिला चित्रकला तालिम सुरु


मिथिला चित्रकलाको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा प्रयोगात्मक तालिम सुरु गरिएको छ । मिथिला थाली बाइ सेफ सन्तोष साह, सुडी महिला कल्याण समाज र रोटरी न्यातपोलको सहकार्यमा तालिमको आयोजना गरिएको हो । मिथिला कलाप्रति रुचि राख्ने युवा, महिला तथा बालबालिकालाई लक्षित गरी आयोजित तालिमका सहभागीलाई आधारभूत चित्रकला सीप, डिजाइन र रङ संयोजनको प्रशिक्षण दिइने तालिमका प्रशिक्षक…

मिथिला चित्रकलाको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा प्रयोगात्मक तालिम सुरु गरिएको छ । मिथिला थाली बाइ सेफ सन्तोष साह, सुडी महिला कल्याण समाज र रोटरी न्यातपोलको सहकार्यमा तालिमको आयोजना गरिएको हो ।

मिथिला कलाप्रति रुचि राख्ने युवा, महिला तथा बालबालिकालाई लक्षित गरी आयोजित तालिमका सहभागीलाई आधारभूत चित्रकला सीप, डिजाइन र रङ संयोजनको प्रशिक्षण दिइने तालिमका प्रशिक्षक प्रतिभा मिश्रले जानकारी दिइन् ।

तालिमको पहिलो दिन नक्साल, दोस्रो दिन गौशाला र तेस्रो दिन ललितपुरको झम्सिखेलस्थित मिथिला थालीमा तालिम सञ्चालन हुनेछ । तीन दिने प्रशिक्षणपछि १० दिनको अन्तरालमा नक्सालस्थित मिथिला थालीमा अन्तिम चित्रकला प्रतियोगिता आयोजना गरिने मिश्रले बताइन् ।तालिममा ३० जनाभन्दा बढी सहभागी छन् ।

मिथिला चित्रकला तालिम लिन पाउँदा निकै खुसी लागेको तालिममा सहभागीहरू बताउँछन् । ‘मलाई पहिलेदेखि नै यस्तो तालिम लिने इच्छा थियो’ तालिममा सहभागी क्रेशिका ढकाल भन्छिन्, ‘आज सहभागी हुन पाउँदा खुसी लागेको छ ।’

तालिममार्फत नयाँ डिजाइन सिकेर आफ्नै काम गर्न सक्छु भन्ने आत्मविश्वास बढेको उनी बताउँछिन् ।

मिथिला चित्रकलालाई जनकपुरमा मात्र सीमित नराखेर देश विदेशमा चिनाउने उद्देश्य तालिम आयोजना गरिएको मास्टर सेफ सन्तोष साहले बताए ।

‘धर्म, संस्कृति, परम्परा र कलालाई जोगाउनुका साथै नयाँ पुस्तालाई संस्कृतिको ज्ञान दिनुपर्छ’ साहले भने, ‘महिलालाई कलामार्फत आत्मनिर्भर बनाउने हाम्रो अर्को लक्ष्य हो ।’

साथै सुडि महिला कल्याण समाजकी अध्यक्ष रुवी महतो पुर्वेले महिलालाई घरमै सीमित नराखी यस्ता तालिममा सहभागी गराएर सीप सिकाउने र आम्दानीको अवसर दिने उद्देश्य बताइन् ।

पहिले सिकाएका महिला अहिले आफ्नै प्रयासले आम्दानी गरिरहेको उनले जानकारी दिइन् । यो तालिमले पनि सहभागीलाई त्यस्तै अवसर दिने विश्वास उनले व्यक्त गरिन् ।

प्रतिभा मिश्र, शारदा झा, सोनाम कर्ण, प्रिया पुर्वे, अदिती झालगायतका प्रशिक्षकले परीक्षार्थीलाई मिथिला चित्रकलाबारे तालिम प्रदान गर्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *