यो मेरो लागि अवसर र चुनौती दुवै हो : स्वस्तिमा खड्का


अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार गरिएको चलचित्र ‘लालीबजार’मा आफूले चाहेजस्तो काम गर्न पाएको बताएकी छन् । उनले हालसम्म गरिरहेका भूमिकाभन्दा फरक रहेको प्रस्ट पारेकी छन् ।  अभिनेत्री खड्काले चलचित्रमा उठान गरिएको विषयवस्तुका कारण अभिनय गर्न थालेको एक दशकको यात्रा पार गरेपछि पहिलोपटक ‘अडिसन’ मार्फत चलचित्र ‘लालीबजार’मा अभिनेत्रीका रूपमा अनुबन्धित भएको बताइन् ।…

अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार गरिएको चलचित्र ‘लालीबजार’मा आफूले चाहेजस्तो काम गर्न पाएको बताएकी छन् । उनले हालसम्म गरिरहेका भूमिकाभन्दा फरक रहेको प्रस्ट पारेकी छन् । 

अभिनेत्री खड्काले चलचित्रमा उठान गरिएको विषयवस्तुका कारण अभिनय गर्न थालेको एक दशकको यात्रा पार गरेपछि पहिलोपटक ‘अडिसन’ मार्फत चलचित्र ‘लालीबजार’मा अभिनेत्रीका रूपमा अनुबन्धित भएको बताइन् ।  

“लालीबजार चलचित्रमा मैले अभिनेत्रीका रूपमा सोच्ने सबै काम गर्न पाएकी छु । यो विषयवस्तु मेरो लागि पनि नयाँ र फरक थियो,” उनले भनिन्, “एउटा कलाकारका लागि यस्तो भूमिका निर्वाह गर्न पाउनु अवसर र चुनौती दुवै हो । मैले निर्वाह गरेको भूमिकाका बारेमा बिस्तारै खुल्दै गएपछि दर्शकले बुझ्नुहुन्छ ।  मैले हालसम्म गरेको कामभन्दा भिन्न छ ।”

स्वस्तिमाले चलचित्रमा यौन पेसाकर्मी महिलाको भूमिका निर्वाह गरेकी छन् ।  वैशाख १८ गतेदेखि प्रदर्शन हुने उक्त चलचित्रमा अभिनेत्री खड्कासँगै रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठलगायत कलाकारको अभिनय छ ।  

चलचित्रलाई यम थापाले निर्देशन गरेका छन् । चलचित्रको पटकथा तथा संवाद निर्देशक थापासँगै अर्का निर्देशक प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । 

चलचित्रलाई दीपेश खत्री र रवीन्द्रसिंह बानियाँले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *