४ विधा र ६ भाषामा सिर्जना पस्किँदै ‘काव्यमय साँझ’ सम्पन्न 


साहित्य सिर्जना र प्रस्तुतिमार्फत सामाजिक सम्बन्धलाई जीवन्त बनाउने उद्देश्यसहित डवली संस्कृतिलाई निरन्तरता दिँदै काठमाडौँ महानगरपालिका वडा नं. २७ ले असन डवलीमा ‘काव्यमय साँझ’ कार्यक्रम सम्पन्न गरेको छ । विश्व कविता दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा १२ जना महिलासहित ३३ जना कवि–कवियत्रीले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । सहभागीमध्ये प्रशासक, पूर्वप्रशासक, चिकित्सक, व्यापारीसहित ५ जना स्थानीय…

साहित्य सिर्जना र प्रस्तुतिमार्फत सामाजिक सम्बन्धलाई जीवन्त बनाउने उद्देश्यसहित डवली संस्कृतिलाई निरन्तरता दिँदै काठमाडौँ महानगरपालिका वडा नं. २७ ले असन डवलीमा ‘काव्यमय साँझ’ कार्यक्रम सम्पन्न गरेको छ । विश्व कविता दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा १२ जना महिलासहित ३३ जना कवि–कवियत्रीले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । सहभागीमध्ये प्रशासक, पूर्वप्रशासक, चिकित्सक, व्यापारीसहित ५ जना स्थानीय बासिन्दा पनि सहभागी थिए ।

कार्यक्रममा कविता, गीत, गजल र नज्म विधाका रचनाहरू नेपाली, अंग्रेजी, उर्दू, हिन्दी, संस्कृत र नेपाल भाषामा वाचन गरिएका थिए ।

कार्यक्रम उद्घाटन गर्दै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘बादल’ शीर्षकको प्रेममय कविता वाचन गरिन् । उनले भावनात्मक रूपमा जीवनका सम्बन्धहरू केलाउँदै काठमाडौँका डवलीहरूले सांस्कृतिक, साहित्यिक तथा सामाजिक क्षेत्रमा उज्यालो नक्षत्रहरू जन्माएको उल्लेख गर्दै वडा नं. २७ को डवली संस्कृतिलाई पुनर्जीवन दिने प्रयासको प्रशंसा गरिन् ।

कवि तथा चलचित्र समीक्षक प्रकाश सायमीले सन् २००२ देखि विश्व कविता दिवसमार्फत कवि मनलाई समाजसँग जोड्ने खुला कार्यक्रमहरू आयोजना हुँदै आएको जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *