ललितपुरमा एनसीएफटीको २०औँ ग्राजुएसन फेसन शो “विविधायन सौन्दर्यम्” सम्पन्न


ललितपुरको झम्सिखेलस्थित दि प्लाजा नेपालमा नमूना कलेज अफ फेशन टेक्नोलोजी (एनसीएफटी) द्वारा आयोजित २०औँ ग्राजुएसन फेसन शो “विविधायन सौन्दर्यम्” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा ६२ जना स्नातक हुन लागेका विद्यार्थी डिजाइनरहरूले आफ्ना सिर्जनात्मक कलेक्सनहरू प्रस्तुत गरेका थिए। प्रस्तुत कलेक्सनहरूमा परम्परागत शिल्पकला, समकालीन सौन्दर्यबोध र नवीन डिजाइन दृष्टिकोणको सन्तुलित समिश्रण देखिएको थियो। “विविधायन सौन्दर्यम्” नेपालको…

ललितपुरको झम्सिखेलस्थित दि प्लाजा नेपालमा नमूना कलेज अफ फेशन टेक्नोलोजी (एनसीएफटी) द्वारा आयोजित २०औँ ग्राजुएसन फेसन शो “विविधायन सौन्दर्यम्” भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा ६२ जना स्नातक हुन लागेका विद्यार्थी डिजाइनरहरूले आफ्ना सिर्जनात्मक कलेक्सनहरू प्रस्तुत गरेका थिए। प्रस्तुत कलेक्सनहरूमा परम्परागत शिल्पकला, समकालीन सौन्दर्यबोध र नवीन डिजाइन दृष्टिकोणको सन्तुलित समिश्रण देखिएको थियो।

“विविधायन सौन्दर्यम्” नेपालको प्राकृतिक विविधता वन, सिमसार, हिमाल, वनस्पति, जीवजन्तु तथा भू–दृश्यलाई मुख्य आधार बनाउँदै तयार गरिएको थियो। विविधतामै सौन्दर्य निहित हुन्छ भन्ने अवधारणामा आधारित यस शोले ¥याम्पलाई प्रकृतिको जीवन्त कथामा रूपान्तरण गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ। कार्यक्रममा ६ वटा थिमेटिक कलेक्सनअन्तर्गत ६२ वटा डिजाइनर पोशाक तथा ६ वटा विशेष सिर्जनात्मक डिजाइन प्रस्तुत गरिएको थियो। प्रत्येक कलेक्सनले प्रकृति, संस्कृति र समकालीन फेसनबीचको सन्तुलन प्रस्तुत गर्दै वातावरणीय संरक्षणप्रति सचेतना अभिवृद्धि गर्ने सन्देश दिएको थियो।

कार्यक्रममा ६२ जना स्नातक डिजाइनरहरूको सिर्जना ६ वटा सेग्मेन्टमा विभाजन गरी प्रस्तुत गरिएको थियो, जसलाई ६ जना पुरुष तथा २६ जना महिला व्यावसायिक मोडलहरूले र्याम्पमा उतारे। शोको कोरियोग्राफी अन्तर्राष्ट्रिय रूपमा परिचित सञ्चारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए।

प्रमुख कलेक्सनहरूमा “नेपालियमः ह्वेयर आइस फाइन्ड्स इट्स फ्लो” अन्तर्गत अनिता बम्जन, सुयाशा भट्टराई, संगिता बालाम्पाकी मगर, रञ्जिता लामा, दीपा लिम्बु, सम्झना चौधरी, सरस्वती सिंह, प्रतिभा चौधरी, दीक्षा अधिकारी, प्रतिमा गुरुङ र ज्योति राईका डिजाइनहरू समावेश थिए।

त्यसैगरी, “इरिडिसेन्ट शेल्सः आर्मर सफ्टेन्ड बाइ एलेगान्स” मा मेनुका रोका, अस्मिता श्रेष्ठ, जुना थापा, ऐश्वर्या पुन, अमिता थापा मगर, स्मारिका तिमिल्सिना, पुष्पा कँडेल, कशिश श्रेष्ठ, कविता बीके र सुष्मिता घिसिङका सिर्जनाहरू प्रस्तुत गरिएका थिए।

“अभियोराः विंग्स अफ द हिमालय” अन्तर्गत निलिमा दाहाल, सेलिना शाक्य, प्रमिला सिन्जापति, आलिशा मुखिया, निकेता महर्जन, प्रकाश सापकोटा, प्रियंका मेहता, बसन्त थापा मगर, पूर्णिमा सेन र अस्मिता घिमिरेका डिजाइनहरू समावेश थिए।

त्यस्तै “आवरण मृतिकाः बिनिथ, बियन्ड, बिकमिङ” मा रिया श्रेष्ठ, सुष्मिता महर्जन, सोनिया महर्जन, तिसा महर्जन, सन्ध्या निरौला, आरती गिरी, एमी श्रेष्ठ, रोजिना खत्री, अनुशा सुवाल र कौशल मोटेका सिर्जनाहरू प्रस्तुत गरिएका थिए।

“रेड लिस्ट रेभेरी” मा सम्मृद्धि महर्जन, स्वस्तिका श्रेष्ठ, ईशा महर्जन, अमृता लिम्बु, आस्था फुयाल, रोजिलिना श्रेष्ठ, प्रेरणा न्यौपाने, रितिशा खड्का, अनुसुया गुरुङ र दिया गुरुङका डिजाइनहरू रहेका थिए भने “वनस्पति कुसुमः फरेस्ट ब्लुम्स अफ नेपाल” अन्तर्गत आशिष शर्मा, कृति लिम्बु, प्रज्वल चौधरी, नेहा चौधरी, कामाक्षी थापा, मनीषा सिन्जापति, लिना आचार्य, प्रीति कुमारी, सृष्टि ढकाल, दिव्याना लिम्बु र नीतु कठायतका सिर्जनाहरू प्रस्तुत गरिएका थिए।

कार्यक्रमले फेसनमार्फत प्रकृति, संस्कृति र दिगोपनबीचको सम्बन्धलाई उजागर गर्दै नेपाली फेसन उद्योगमा नयाँ पुस्ताका डिजाइनरहरूको सशक्त उपस्थिति दर्शाएको छ।

तस्बिर : प्रदीपराज वन्त / रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *