करिअरको नयाँ विकल्प बन्दै चिनियाँ भाषा


नेपालका लागि चिनिया राजदुत झाङ माओमिङले नेपाल–चीनवीचको मैत्रीपूर्ण सम्बन्धनलाई अझ प्रगाढ बनाउन भाषा र संस्कृतिको भूमिका महत्वपूर्ण हुने बताएका छन् । विहीबार काठमाडौंमा आयोजित विश्वविद्यालयस्तरीय चिनिया भाषा प्रतियोगिताका अवसरमा बोल्दै माओमिङले उक्त कुरा बताएका हुन् । त्यस अवसरमा उनले दश हजार भन्दा बढि नेपालीहरुले चिनिया भाषा सिकेको बताउदै भने, ‘कन्फ्युसियस इन्स्टिच्युटमार्फत १० हजारभन्दा बढी नेपाली…

नेपालका लागि चिनिया राजदुत झाङ माओमिङले नेपाल–चीनवीचको मैत्रीपूर्ण सम्बन्धनलाई अझ प्रगाढ बनाउन भाषा र संस्कृतिको भूमिका महत्वपूर्ण हुने बताएका छन् । विहीबार काठमाडौंमा आयोजित विश्वविद्यालयस्तरीय चिनिया भाषा प्रतियोगिताका अवसरमा बोल्दै माओमिङले उक्त कुरा बताएका हुन् ।

त्यस अवसरमा उनले दश हजार भन्दा बढि नेपालीहरुले चिनिया भाषा सिकेको बताउदै भने, ‘कन्फ्युसियस इन्स्टिच्युटमार्फत १० हजारभन्दा बढी नेपाली भाषिक रूपमा लाभान्वित भइसकेका छन् ।’ उनले ‘एक संसार, एक परिवार’को भावनाअन्तर्गत आगामी दिनमा अझ धेरै नेपाली युवाले यस्तो अवसर पाउने बताए । उनले थपे, ‘नेपाल–चीन सम्बन्ध अब कूटनीतिमा मात्र सीमित नरही भाषा, शिक्षा र संस्कृतिमार्फत जनस्तरसम्म विस्तार भइरहेको छ ।’
काठमाडौं विश्वविद्यालयमा आबद्ध कन्फ्युसियस इन्स्टिच्युटद्धारा आयोजित उक्त प्रतियोगिता मा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालय तथा इमरसन मन्डारिन एकेडेमीका विद्यार्थीले सहभागी भएका थिए । प्रारम्भिक चरण पार गरेका अन्तिम प्रतिस्पर्धामा पुगेका मध्ये एक जना विजेता, एक जना उपविजेता, तीन जना तृतीय तथा पाँच जनालाई उत्कृष्ट घोषणा गरिएको छ ।

कार्यक्रममा वक्तृत्वकला, चिनियाँ संस्कृतिसम्बन्धी प्रश्नोत्तर तथा सांस्कृतिक प्रतिभा प्रस्तुति समावेश गरिएको थियो । सहभागी विद्यार्थीहरूले चिनियाँ भाषामै गीत, भाषण र सांस्कृतिक प्रस्तुति दिएका थिए ।

काठमाडौं विश्वविद्यालयमा आबद्ध कन्फ्युसियस इन्स्टिच्युट का अनुसार नेपालमा पछिल्लो समय वार्षिक पाँच हजारभन्दा बढी विद्यार्थीले चिनियाँ भाषा अध्ययनका लागि नाम दर्ता गर्ने गरेका छन्। तीमध्ये केही प्रारम्भिक तहका विद्यार्थी छन भने धेरै माध्यमिक तथा विश्वविद्यालय स्तरका विद्यार्थीले भाषा अध्ययनलाई भविष्यको अवसरसँग जोडेर हेर्न थालेका छन्।
कार्यक्रममा कन्फुसियस इन्स्टिच्यूटका निर्देशक लि सुआङछङ, काठमाडौ विश्वविद्यालयका हेमराज काफ्ले तथा चीनका लागि पूर्व नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ लगायत नेपाली र चिनियाँ प्राज्ञिक तथा कूटनीतिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। वक्ताहरूले नेपाल–चीन सम्बन्ध अब राजनीतिक र कूटनीतिक तहबाट अघि बढेर शिक्षा, भाषा र सांस्कृतिक आदानप्रदानमार्फत नयाँ पुस्ताबीच ‘मितेरी पुल’ निर्माण गरिरहेको धारणा राखेका थिए।

‘एक संसार, एक परिवार’ नारासहितको चिनियाँ भाषा प्रतियोगिताले नेपाली युवामाझ चिनियाँ भाषाप्रतिको बढ्दो आकर्षण र त्यसलाई करिअरका रूपमा अपनाउने प्रवृत्तिलाई थप उजागर गरेको छ। पछिल्ला वर्षहरूमा छात्रवृत्ति, व्यापार, पर्यटन, अनुवाद, अन्तर्राष्ट्रिय सम्बन्ध तथा रोजगारीका अवसरसँग जोडिएपछि धेरै नेपाली युवाले चिनियाँ भाषालाई केवल अतिरिक्त सीप नभई सम्भावित करिअरका रूपमा लिन थालेका छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *