काठमाडौंको नक्साल भगवतीबहालस्थित ‘देव कर्नर’ले आफ्नो ४६औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गर्दै मनाएको छ । हिजो बुधबार वार्षिकोत्सवको अवसरमा आयोजित ‘बेहुली पाहुना’ कार्यक्रममा विजेता नवविवाहित जोडीलाई २४ क्यारेट सुनको लकेट पुरस्कार प्रदान गरिएको हो ।
देव कर्नरका अध्यक्ष देवसुन्दर शाक्यका अनुसार ‘बेहुली पाहुना’ कार्यक्रमको यो दोस्रो संस्करण हो । कार्यक्रम ६ वैशाखदेखि सुरु गरिएको थियो । कार्यक्रममा सहभागी हुन वैशाख महिनाभित्र विवाह गरेका जोडीले देव कर्नरबाट खरिद गरिएको गहनासहितको फोटो तथा भिडियो पठाउनुपर्ने व्यवस्था गरिएको थियो ।
प्राप्त सामग्री देव कर्नरको सामाजिक सञ्जालमा सार्वजनिक गरिएको र लाइक, कमेन्ट तथा शेयरका आधारमा विजेता छनोट गरिएको आयोजकले जनाएका छन् ।
कार्यक्रममा ‘बेहुली पाहुना’सँगै लक्की ड्र पनि आयोजना गरिएको थियो । एक महिनाभित्र खरिद गर्ने ग्राहकहरूमध्येबाट विजेता छनोट गरिएको आयोजकले जनाएका छन् । विजेताको घोषणा टिकटक लाइभमार्फत गरिएको थियो ।
यस वर्षको ‘बेहुली पाहुना’ कार्यक्रमबाट मेरिना श्रेष्ठ विजेता बनेकी छन् भने ग्राहक पाहुनातर्फ बिनिता लुइँटेल र लक्की ड्रमार्फत सुमित्रा राई पुरस्कृत भएका छन् ।
कार्यक्रममा बोल्दै देव कर्नरका निर्देशक तथा सीईओ सृष्टि शाक्यले ग्राहकको साथ र विश्वासकै कारण संस्था यहाँसम्म आइपुगेको बताइन् । उनले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिइन् ।
देव कर्नरले हाल सुन, चाँदी तथा डायमण्डका गहना बिक्री गर्दै आएको छ । संस्थाको मुख्य शाखा नक्सालमा छ भने न्युरोड र चाबहिलमा पनि शाखा सञ्चालनमा छन् । साथै, ग्राहकले वेबसाइटमार्फत पनि सेवा लिन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।




Leave a Reply