विद्यालय स्तरसम्मै फैलदै चिनिया“ भाषा


नेपालमा चिनिया“ भाषाप्रतिको आकर्षण र मोह कतिसम्म बढ्दै गएको छ भने यहा“ विभिन्न विद्यालयहरुमा यो भाषाको पठनपाठन हुने गरेको छ । विद्यार्थीहरु पनि चाख मानेर चिनिया“ भाषा सिक्ने बोल्ने गरेको पाइन्छ । धापाखेलस्थित रिजेन्ट रेसिडेन्सियल स्कुलमा शुक्रवार सम्पन्न विद्यालयस्तरीय चिनिया भाषा प्रतियोगिताका सहभागी विद्यार्थी देखेपछि यस्तै अनुभूति हुन्छ । राजधानीका विभिन्न विद्यालयका करीब एक दर्जन…

नेपालमा चिनिया“ भाषाप्रतिको आकर्षण र मोह कतिसम्म बढ्दै गएको छ भने यहा“ विभिन्न विद्यालयहरुमा यो भाषाको पठनपाठन हुने गरेको छ । विद्यार्थीहरु पनि चाख मानेर चिनिया“ भाषा सिक्ने बोल्ने गरेको पाइन्छ । धापाखेलस्थित रिजेन्ट रेसिडेन्सियल स्कुलमा शुक्रवार सम्पन्न विद्यालयस्तरीय चिनिया भाषा प्रतियोगिताका सहभागी विद्यार्थी देखेपछि यस्तै अनुभूति हुन्छ । राजधानीका विभिन्न विद्यालयका करीब एक दर्जन विद्यार्थीहरुले अन्तिम प्रतिस्पर्धीका रुपमा कार्यक्रममा चिनिया भाषामा बोलेका र चिनिया गीत पनि गाएका थिए ।

काठमाडौं विश्वविद्यालयस्थित कन्फ्युसियस इन्स्टिच्युटको आयोजनामा भएको उक्त कार्यक्रममा विभिन्न बक्ताहरुले चिनिया भाषा नेपाली विद्यार्थीहरुको करिअर विकासको अवसर बन्दै गएको विचार व्यक्त गरेका थिए । सबैजसो बक्ताहरुका साझा जोड थियो, चिनियाँ भाषा सिकाइ केवल विदेशी भाषा अध्ययनमा सीमित नरही विद्यार्थीहरूको भविष्यसँग जोडिएको अवसरका रूपमा विकास हुँदै छ । भाषा सिकाइले अन्तर्राष्ट्रिय अवसर, शैक्षिक पहुँच र सांस्कृतिक समझ विस्तार गर्न सघाउ पुगेको छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं विश्वविद्यालयस्थित कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक ली सुआङ्छेङले चिनियाँ भाषाको ज्ञानले विद्यार्थीलाई चिनियाँ संस्कृति बुझ्न मात्र नभई विश्वव्यापी अवसरको ढोका खोल्ने धारणा राखे। उनले आजका विद्यार्थी भविष्यका अन्तर्राष्ट्रिय नागरिक भएकाले नयाँ भाषा सिक्नु प्रतिस्पर्धात्मक युगको आवश्यकता बनिसकेको बताए।
कार्यक्रममा नेपाल ओभर्सिज चाइनिज एसोसिएसनका उपाध्यक्ष गु यङमिन ले भाषा, संस्कृति र शैक्षिक सहकार्य दुई देशबीचको सम्बन्धको दीर्घकालीन आधार बन्दै गएको बताए। उनले विद्यार्थीहरूबीच चिनियाँ भाषाप्रतिको रुचि बढ्नु नेपाल–चीन मित्रताको सकारात्मक संकेत भएको उल्लेख गरे।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै रिजेन्ट रेसिडेन्सियल स्कुलकी प्रिन्सिपल डा. विद्या पोखरेल ले विद्यालय तहमा नै चिनियाँ भाषा सिकाइप्रति विद्यार्थीहरूको उत्साहजनक सहभागिताले नेपालमा वैकल्पिक अन्तर्राष्ट्रिय भाषाप्रतिको रुचि बढिरहेको स्पष्ट देखाएको बताइन । उनका अनुसार भाषा सिकाइ केवल पाठ्यक्रममा सीमित विषय नभई नयाँ संस्कृति बुझ्ने र विश्वसँग जोडिने माध्यमसमेत हो।

आयोजक पक्षले सानै उमेरदेखि विद्यार्थीहरूलाई चिनियाँ भाषा तथा संस्कृतिसँग परिचित गराउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइँदै आएको जनाएको छ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले चिनियाँ भाषामा भाषण, गीत तथा विभिन्न प्रस्तुति दिएर आफ्नो क्षमता प्रदर्शन गरेका थिए। आयोजकका अनुसार विद्यार्थीहरूमा देखिएको उत्साहले विद्यालयस्तरमै विदेशी भाषाप्रतिको आकर्षण बढिरहेको स्पष्ट पारेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *