स्मार्ट किचेन एआई प्रविधीयुक्त हुन्छ –प्रकाश टिबडेवाल


करिब २२ वर्षअघि बम्बईस्थित एक शो–रुममा पहिलो पटक मोड्युलर किचेन देख्दा प्रकाश टिबडेवाल मनमा नवीन विचार अङ्कुरायो, ‘के नेपालमा पनि यस्तै आधुनिक, आकर्षक र सुविधासम्पन्न किचेन सम्भव छैन ?’ त्यति बेला नेपालको सन्दर्भमा मोड्युलर किचेन केवल नयाँ मात्र नभई पूरै अपरिचित अवधारणा थियो । आफ्नो सोच–सङ्कल्पमा दृढ थिए, प्रकाश र उनले टेकुमा ‘किचेन कन्सेप्ट’ को…

करिब २२ वर्षअघि बम्बईस्थित एक शो–रुममा पहिलो पटक मोड्युलर किचेन देख्दा प्रकाश टिबडेवाल मनमा नवीन विचार अङ्कुरायो, ‘के नेपालमा पनि यस्तै आधुनिक, आकर्षक र सुविधासम्पन्न किचेन सम्भव छैन ?’ त्यति बेला नेपालको सन्दर्भमा मोड्युलर किचेन केवल नयाँ मात्र नभई पूरै अपरिचित अवधारणा थियो ।

आफ्नो सोच–सङ्कल्पमा दृढ थिए, प्रकाश र उनले टेकुमा ‘किचेन कन्सेप्ट’ को जग हाले । त्यस समयताका विदेशबाट यस्ता किचेन केही सम्पन्न वर्गका मानिसले मात्रै भित्र्याउँथे । प्रकाशको फरक दृष्टिकोेणकै कारण यो सम्भव मात्रै भएन, यो प्रविधिलाई साधारण नेपालीको पहुँचसम्म पु¥याउन चाहन्थे ।

त्यति बेला मोड्युलर किचेनको संरचना र उपयोगिताबारे बुझाउन कठिनै भयो । ‘स्लाबबिना किचेन कसरी सम्भव हुन्छ ?’ यस्तो धारणालाई तोड्दै गएका उनले समयान्तरसँगै आफ्नो विश्वास, प्रयोगशीलता र धैर्यस्वरूप नेपाली किचेन संस्कारमै नयाँ ढोका खोल्ने सफलता पाए ।
सामाजिक र औद्योगिक क्षेत्रमा पनि उत्तिकै सक्रिय र प्रभावशाली भूमिका निर्वाह गरेका उनले ३५ वर्षअघि वीरगन्जस्थित लियो क्लबबाट सामाजिक यात्रा थालेका थिए । सन् २००० मा लायन्स क्लब, वीरगन्जको अध्यक्षको भूमिका सम्हालेयता वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वसचिवको रूपमा पनि जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

एक उद्यमीका रूपमा उनले युपिभिसी झ्याल÷ढोका, होम फर्निचर, आउटडोर फर्निचरदेखि प्लास्टिक इन्जेक्सन मोल्डिङजस्ता विविध क्षेत्रका लागि आधुनिक फ्याक्ट्रीहरू सञ्चालन गर्दै आएका छन् । ‘वाह ! जिन्दगी’ को लागि मोड्युलर किचेनदेखि अहिलेको किचेनमा आएको टेक्नोलोजीबारे टिबडेवालसँग गरिएको कुराकानी :

–तपाईंले २२ वर्षअघि ‘किचेन कन्सेप्ट’ सुरु गर्दा के यो कन्सेप्ट नेपालमा थियो ? त्यस बेलाको अनुभव कस्तो रह्यो ?
त्यस समयमा नेपालमा ‘मोड्युलर किचेन’ भन्ने शब्द अनौठो मानिन्थ्यो । जुन समय म बम्बईस्थित एउटा शो–रुममा गएँ, त्यही समय मोड्युलर किचेन देखेँ र त्यहीँबाट ममा सोच पलायो, ‘यो नेपालमा पनि सम्भव छ ।’ मैले त्यसलगत्तै टेकुमा ‘किचेन कन्सेप्ट’ सुरु गरेँ । त्यस बेला यस्तो किचेन नेपालमा चल्छ कि चल्दैन भन्ने निश्चित थिएन । सुरुका दिनमा मोड्युलर किचेनमा स्लाब बनाउनु पर्दैन भनी सम्झाउन धेरै गाह्रो प¥यो ।

–उपभोक्तालाई मोड्युलर किचेनबारे बुझाउन कति कठिनाइ महसुस भयो ?
धेरै कठिनाइ भयो । सुरुमा त सबैले घरको कुनाको बचेको ठाउँमा भान्सा बनाउँथे । स्लाब चाहिन्छ भन्ने सोच थियो । हामीले त बनेको स्लाब भत्काएर मोड्युलर किचेन जडान गरेका धेरै केस ग¥यौँ । समय फेरियो । अहिले घर बनाउनुअघि नै ग्राहकले सोध्छन्, ‘भान्सा कहाँ राख्ने, कुन डिजाइन गर्ने ?’ त्यस्तो परिवर्तनले सन्तोष दिलाउँछ ।

–अहिलेका ग्राहकले कसरी बुझ्छन् यस्तो किचेनलाई ?
आजभोलि सोसल मिडियाले धेरै सहयोग पु¥याएको छ । अहिले हामी जसलाई बनाएर दिइरहेका छौँ, उहाँहरू नै सन्तुष्ट भएर आफ्ना आफन्त, साथीभाइ पठाइदिइरहनुभएको छ । आफैँ प्रचार भइरहेको छ ।

–पछिल्लो समय मोड्युलर किचेनबारेको सोचमा केकस्तो परिवर्तन आएको देखिन्छ ?
मानसिकता फेरिँदै गएको देखिएको छ । अहिले घर बनाउने क्रममा नै मोड्युलर किचेन कहाँ राख्ने, कस्तो डिजाइन हुने भनी योजना बनाइने गरिएको छ । अब भान्सा–कक्ष ‘बचेको ठाउँ’ होइन, घरको मुख्य संरचनाको अभिन्न अंश बनिसकेको छ ।

–अहिले मोड्युलर किचेनमा के–के परिवर्तन देख्न सकिन्छन् ?
पहिले मोड्युलर किचेनमा कलात्मक बुट्टा र हेबी डिजाइनका फर्निचर प्रयोग हुन्थे । तर, अहिलेको ट्रेन्ड भनेको सादा (प्लेन) र मिनिमलिस्ट डिजाइन हो । ह्यान्डल नभएका क्याबिनेट पनि लोकप्रिय बन्दै गएका छन् । हलुका रङ प्रयोग गर्ने प्रवृत्ति बढेको छ । विशेषतः सेतो, अफ–ह्वाइट, ग्रेजस्ता रङका बढी माग छन् । वास्तु र दिशाअनुसार रङ राख्ने चलन पनि बढेको छ ।
अबको मोड्युलर किचेनमा उगिि–मयधल कजभखिभक, कयात–अयिकभ मचबधभच, कभलकयच ष्निजत, उयउ–गउ कयअपभत जस्ता स्मार्ट फिचरहरू जोडिएका हुन्छन् ।

–स्मार्ट किचेन भनेको के हो ? मोड्युलर किचेनभन्दा के फरक छ ?
खासमा मोड्युलर किचेन नै स्मार्ट किचेन हो । टेक्नोलोजीअनुसार परिवर्तन हुँदै आएको मात्रै हो । स्मार्ट किचेन भनेको प्रविधिमैत्री भान्सा हो । अब किचेन केवल डिजाइन वा स्टोरेज मात्र होइन, टेक्नोलोजीसँग जोडिएको छ ।

–प्रविधि किचेनमा कसरी घुलिएको छ ?
आजका दिनमा मोड्युलर किचेन केवल डिजाइन होइन, प्रविधिको केन्द्र पनि हो । सेन्सर प्रविधि , अब क्याबिनेट आफैँ खुल्छ, चिम्नी आफैँ चल्छ, भ्वाइस कमान्ड ‘चिम्नी अन’ भनेपछि चिम्नी चल्ने । वाइफाइ र युट्युब एप ,तापक्रम मिलाउने, उपकरण कन्ट्रोल गर्ने ।

–किचेन कन्सेप्टमा सामग्रीहरू कहाँबाट ल्याउनुहुन्छ ?
प्लाइउड— नेपालकै प्रयोग हुन्छ, लेमिनेट— भारतबाट, एप्लायन्सेस— जर्मनी र चीनबाट ।
यसमा अब एआई टेक्नोलोजी पनि आउँदै छ, जे के आइरहेको छ, भन्नै नसकिने चरणमा छौँ ।

–सामान्यतया एउटा मोड्युलर किचेनको लागत कति पर्छ ?
१० बाई १० फिटको किचेन ४÷५ लाखदेखि माथि ग्राहकको रुचिअनुसारको बनाउन सकिन्छ । डिजाइन, एप्लायन्सेस र सामग्रीको गुणस्तरअनुसार लागत बढ्छ ।

–तपाईंको नजरमा अबको किचेन भविष्य कस्तो देखिन्छ ?
अबको किचेन स्मार्ट, एआई–प्रविधियुक्त र ऊर्जा–सक्षम हुन्छ । म बुझ्छु, किचेन अब केवल खाना पकाउने ठाउँ होइन, स्मार्ट होमको केन्द्र बन्दै छ ।

भविष्यको दिशा
कोभिडपछिको बजार अलि सुस्त भए पनि उनी निरन्तर सुधार, प्रविधिसँगको तालमेल र ग्राहककेन्द्रित सेवामा विश्वास गर्छन् । उनका अनुसार एआई र स्मार्ट प्रविधिले किचेन डिजाइनलाई अब झन् नयाँ उचाइमा लैजानेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *