साहित्यको विभिन्न विधाको उन्नयनमा क्रियाशील संस्था एपेक नेपालले ‘विश्व–ज्योति पाण्डुलिपि पुरस्कार २०८२’का लागि अप्रकाशित लघुकथासंग्रहको पाण्डुलिपि माग गरेको छ ।
एपेक नेपालले लघुकथाका लेखकहरूबाट पाण्डुलिपि आह्वान गर्दै एउटै पनि संग्रह प्रकाशित नभएको र ४० वर्ष ननाघेका लघुकथाकारले पाण्डुलिपि पठाउन सक्ने जनाएको छ । पाण्डुलिपि आउँदो पुस मसान्तसम्म पठाउनुपर्नेछ ।
प्राप्त पाण्डुलिपिहरूमध्ये पुरस्कृत पाण्डुलिपि पुस्तकका रूपमा प्रकाशित गरिने र आउँदो चैत २५ गते पुस्तक लोकार्पण गरिने एपेकले जनाएको छ ।
यसअघि २०८१ सालको पाण्डुलिपि पुरस्कार कवि हेमन्त शिशिरको ‘बन्द कोठाको झ्याल’लाई प्रदान गरिएको थियो ।



Leave a Reply