नेपाली बजारमा पिओएस प्रणालीका लागि भरपर्दो र लोकप्रिय ब्रान्ड एक्सल्याबले आफ्नो उन्नत क्यास ड्रवर मोडल एक्ससिडी–४१०बी भित्र्याएको छ ।
विशेषगरी खुद्रा पसलहरू, रेस्टुराँ, सुपरमार्केट, होटल तथा मध्यम स्तरका व्यवसायहरूका लागि डिजाइन गरिएको यो क्यास ड्रवरले दैनिक नगद व्यवस्थापनलाई सुरक्षित, छिटो र व्यवस्थित बनाउँछ ।
यो मोडलको ड्रवरको सबैभन्दा बलियो पक्ष भनेको यसको मजबुत निर्माण र नेपाली मुद्रासँग पूर्ण रूपमा अनुकूलित डिजाइन गरिनु हो । यसमा बिल होल्डरसहित ५ वटा नोट कम्पार्टमेन्ट र ८ वटा सिक्का कम्पार्टमेन्ट छन्, जसभित्र नेपाली नोट र सिक्काहरूलाई सजिलै छुट्याएर राख्न मिल्छ । यसबाहेक यो मोडलको ड्रवरमा २ वटा चेक/मिडिया स्लटहरू पनि छन्, जसले चेक, भाउचर वा सानो कागजात राख्न सहज बनाउँछ ।
यो ड्रवर आरजे ११ इन्टरफेसमार्फत पिओयस प्रिन्टर वा क्यास रजिस्टरसँग सिधै जोडिन्छ, जसले बिल प्रिन्ट भएपछि अटोमेटिक रूपमा ड्रावर खोल्छ । जस कारण लेनदेनलाई छिटो बनाउँनुका साथै गल्ती पनि कम गर्छ । साथै, ३ पोजिसन लक (लक, इलेक्ट्रिक ओपन, म्यानुअल ओपन) र कि सपोर्टले सुरक्षा थप बलियो बनाएको छ । त्यति मात्र होइन यो ड्रवर म्यानुअल मोडमा पनि सजिलै प्रयोग गर्न मिल्छ, जसले पावर कट वा इमर्जेन्सीमा पनि उत्तिकै उपयोगी हुन्छ । पूर्ण रूपमा स्टिल/मेटलले बनेको यो ड्रवर दैनिक उच्च प्रयोगका लागि पनि टिकाउ छ । यसको स्मूथ स्लाइडिङ मेकानिज्म र मजबुत ट्रे’ले लामो समयसम्म निर्बाध प्रयोग गर्न सक्छ ।
यदि तपाईं पिओयस प्रिन्टरसँग जोडेर अटोमेटिक क्यास ह्यान्डलिङ लिन चाहनुहुन्छ, सुरक्षा र व्यवस्थापनलाई प्राथमिकता दिनुहुन्छ भने एक्स ल्याब एक्ससिडी–४१०बी तपाईंको लागि उत्कृष्ट, किफायती र दीर्घकालीन विकल्प बन्न सक्छ । यो मोडलले व्यवसायको उत्पादकत्व बढाउँदै चोरी वा गल्तीको जोखिम न्यूनीकरण गर्नुका साथै साना तथा मझौला व्यवसायीलाई ठूलो राहत पनि दिन्छ ।



Leave a Reply