बीवाईडी गाडी बिक्रेता साइमेक्स इंक चीनमा तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित


नेपाली कम्पनी साइमेक्स इंकले तीनवटा प्रतिष्ठितसहित १० वटा अवार्डबाट चीनमा सम्मान गरिएको छ । साइमेक्स इंक नेपालमा बीवाईडी गाडीको आधिकारिक विक्रेता हो । साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ तथा प्रबन्ध निर्देशक यमुना श्रेष्ठलाई चीनको सेन्जेनमा भएको बीवाईडी एसिया प्यासिफिक २०२६ डिलर सम्मेलन समारोहमा प्रतिष्ठित अवार्डबाट सम्मान गरिएको कम्पनीले जनाएको छ । बेस्ट सेल्स, बेस्ट शोरुम…

नेपाली कम्पनी साइमेक्स इंकले तीनवटा प्रतिष्ठितसहित १० वटा अवार्डबाट चीनमा सम्मान गरिएको छ । साइमेक्स इंक नेपालमा बीवाईडी गाडीको आधिकारिक विक्रेता हो ।

साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ तथा प्रबन्ध निर्देशक यमुना श्रेष्ठलाई चीनको सेन्जेनमा भएको बीवाईडी एसिया प्यासिफिक २०२६ डिलर सम्मेलन समारोहमा प्रतिष्ठित अवार्डबाट सम्मान गरिएको कम्पनीले जनाएको छ ।

बेस्ट सेल्स, बेस्ट शोरुम र आफ्टर सेल्स सर्भिसलगायतका अवार्डबाट सम्मान गरिएको साइमेक्स इंकले जनाएको छ ।

साइमेक्स इंकले नेपालमा विद्युतीय सवारी प्रवर्धन, बिक्री वृद्धि, रणनीतिक साझेदारीमा खेलेको उत्कृष्ट भूमिकाको सम्मान गर्दै अवार्ड प्राप्त गरेको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *