वरिष्ठ संगीतकार रञ्जित गजमेर यस वर्षको ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान’बाट सम्मानित भएका छन् ।
गोर्खा फाउन्डेसनद्वारा प्रदान गरिँदै आएको उक्त प्रतिष्ठित सम्मान शनिबार झापाको बिर्तामोडमा आयोजित भव्य समारोबीच यस वर्ष बिसे नगर्ची सम्मान प्रदान गरिएको हो ।
संगीतकार गजमेरले ‘इशाराले बोलाउन पर्दैन’, ‘सुन भन न’, ‘कुसुमे रुमाल’, ‘बस है आमा’, ‘टुङ्नाको धुनमा’, ‘लहनाले जुरायो कि’ जस्ता कालजयी गीतमा संगीत भरेका छन् । नेपाली चलचित्र र आधुनिक संगीत क्षेत्रमा गजमेरको योगदानलाई उच्च प्रशंसा गरिएको छ।
गजमेरसँगै शिक्षासेवी जयनारायण ढुंगानालाई समेत उक्त सम्मान प्रदान गरिएको छ ।




Leave a Reply