सिटी एक्सप्रेस र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१’ प्रदान गरिएको छ । शनिबार कुपन्डोलस्थित होटेल हिमालयमा गायनतर्फ वरिष्ठ गायिका चन्द्रकला शाह र संगीततर्फ वरिष्ठ संगीतकार शीलाबहादुर मोक्तानलाई जनही नगद पुरस्कार एक लाख रुपैयाँ प्रदान गरिएको हो ।

कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ दिवंगत कलाकार घनश्याम गौतमलाई प्रदान गरिएको छ । कलाकार गौतमकी धर्मपत्नी युगज्योति क्रियाशीलले उक्त सम्मान ग्रहण गरिन् । २५ हजार रुपैयाँ राशिको यो सम्मान सांगीतिक क्षेत्रमा क्रियाशील स्वास्थ्योपचार गराइरहेका संगीतकर्मीलाई प्रदान गर्दै आएको छ ।
गायनतर्फ वरिष्ठ गायिका चन्द्रकला शाह र संगीततर्फ वरिष्ठ संगीतकार शीलाबहादुर मोक्तानलाई जनही नगद पुरस्कार एक लाख रुपैयाँ प्रदान गरिएको हो ।
कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ दिवंगत कलाकार घनश्याम गौतमलाई प्रदान गरिएको छ । कलाकार गौतमकी धर्मपत्नी युगज्योति क्रियाशीलले उक्त सम्मान ग्रहण गरिन् । २५ हजार रुपैयाँ राशिको यो सम्मान सांगीतिक क्षेत्रमा क्रियाशील स्वास्थ्योपचार गराइरहेका संगीतकर्मीलाई प्रदान गर्दै आएको छ । भक्तराज आचार्य संगीत प्रतिष्ठानकी अध्यक्ष सुशिला आचार्य र सिटी एक्सप्रेस मनी ट्रान्सफरका संस्थापक चन्द्र टन्डनले संयुक्त रूपमा यो सम्मान प्रदान गरेका थिए ।



Leave a Reply