नारायणगढमा ‘फाइनप्रिन्ट फिभर’ सम्पन्न


प्रकाशक संस्था फाइनप्रिन्टले शनिबार नारायणगढमा आयोजना गरेको घुम्ती साहित्य उत्सव ‘फाइनप्रिन्ट फिभर’ सम्पन्न भएको छ। कार्यक्रमको अन्तिम सत्रमा अभिनेता तथा लेखक राजेश हमाल र लेखक भूपिन खड्काबीच संवाद भएको थियो। हालै सार्वजनिक पुस्तक ‘युगदेखि युगसम्म’ मा आधारित विषयवस्तु र हमालको सिर्जनात्मक यात्राबारे छलफल गरिएको थियो। हमालको पुस्तक पत्रकार यज्ञशसँग गरिएको प्रश्न–उत्तरमा आधारित रहेको छ। संवादका…

प्रकाशक संस्था फाइनप्रिन्टले शनिबार नारायणगढमा आयोजना गरेको घुम्ती साहित्य उत्सव ‘फाइनप्रिन्ट फिभर’ सम्पन्न भएको छ।

कार्यक्रमको अन्तिम सत्रमा अभिनेता तथा लेखक राजेश हमाल र लेखक भूपिन खड्काबीच संवाद भएको थियो। हालै सार्वजनिक पुस्तक ‘युगदेखि युगसम्म’ मा आधारित विषयवस्तु र हमालको सिर्जनात्मक यात्राबारे छलफल गरिएको थियो।

हमालको पुस्तक पत्रकार यज्ञशसँग गरिएको प्रश्न–उत्तरमा आधारित रहेको छ। संवादका क्रममा हमालले साहित्य लेखनमा प्रवेशको अनुभव र पछिल्लो पुस्ता, समाज र राजनीतिका विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए।

कार्यक्रममा साहित्यकार, लेखक, विद्यार्थी र स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको थियो।

यसअघि पाँचवटा सत्र सम्पन्न भएका थिए। पहिलो सत्रमा सुविन भट्टराई र मिमांशा ढुंगानाबीच संवाद भएको थियो। दोस्रो सत्रमा रमेश भुषाल र जीवा लामिछानेबीच नदी र समुन्द्र यात्रासम्बन्धी छलफल भयो। लामिछानेको ‘अक्षत अन्टार्कटिका’ र भुषालको ‘छालबाटो’ पुस्तकका सन्दर्भमा वातावरण, संरक्षण र पर्यटनका विषय समेटिएका थिए।

तेस्रो सत्रमा लेखक ददि सापकोटा र साहित्यकार अमर न्यौपानेबीच सापकोटाको नयाँ पुस्तक ‘ज्ञानिका’ बारे संवाद भयो। चौथो सत्रमा मदन पुरस्कार विजेता ‘उरमाल’ का लेखक छुदेन काविमो र सामना पहाडबीच संवाद भएको थियो।

पाँचौं सत्रमा रञ्जना सुब्बा र लेखक वसन्त बस्नेतबीच ‘महाभारा’ र ‘सिमसारा’ पुस्तकका विषयमा छलफल भयो। अन्तिम सत्रमा डा. जीवन क्षेत्रीले ‘स्वस्पर्श’ पुस्तकका लेखक डा. नवराज केसीसँग संवाद गरेका थिए।

साहित्य, यात्रा र वातावरणका विविध पक्ष समेटिएको यस वर्षको ‘फाइनप्रिन्ट फिभर’ नारायणी कला मन्दिरमा सम्पन्न भएको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *