सान्या बनिन् मिस युनिभर्स नेपाल २०२५


काठमाडौंकी सान्या अधिकारी मिस युनिभर्स नेपाल २०२५ घोषित भएकी छन्। ‘तिमी जे छौ पूर्ण छौं’ भन्ने नारासहित ललितपुरको रोयल ट्युलिपमा सम्पन्न ग्राण्ड फिनालेमा उनले राष्ट्रिय उपाधि जित्दै यही वर्ष हुने अन्तर्राष्ट्रिय मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरिन्। साथै, उनको बुद्धिमत्ता र व्यक्तित्वलाई मान्यता दिँदै उनलाई मिस स्मार्ट को उपाधि पनि प्रदान गरियो। प्रतियोगितामा…

काठमाडौंकी सान्या अधिकारी मिस युनिभर्स नेपाल २०२५ घोषित भएकी छन्। ‘तिमी जे छौ पूर्ण छौं’ भन्ने नारासहित ललितपुरको रोयल ट्युलिपमा सम्पन्न ग्राण्ड फिनालेमा उनले राष्ट्रिय उपाधि जित्दै यही वर्ष हुने अन्तर्राष्ट्रिय मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरिन्। साथै, उनको बुद्धिमत्ता र व्यक्तित्वलाई मान्यता दिँदै उनलाई मिस स्मार्ट को उपाधि पनि प्रदान गरियो।

प्रतियोगितामा काठमाडौंकी आरोही बस्नेत फस्र्ट रनर्स अप घोषित हुँदै मिस फ्री एण्ड फियरलेस र मिस हेल्दी स्किन की विजेता बनिन्। सोनालिसा ढुंगाना सेकेन्ड रनर्स अप हुँदै मिस एलिगेन्स र फेस अफ ट्रु डर्मा का उपाधि जितिन्। बाँकेकी एलिना यारी थर्ड रनर्स अप तथा मिस पपुलर च्वाइस बनिन् भने ललितपुरकी ज्योति थापा फोर्थ रनर्स अप घोषित भइन्।

अन्य विशेष उपाधिहरूमा लिसा बर्नवाल (फेस अफ अमृत ओयल), वर्षा कँडेल (मिस इको फ्रेन्डली) र शिखा पराजुली (फेस अफ सगुन ज्वेलर्स) पुरस्कृत भए।

कार्यक्रमलाई प्रशान्त ताम्राकार ले कोरियोग्राफी तथा शो निर्देशनमार्फत जीवन्त बनाए भने माल्भिका सुब्बा र दिक्पाल कार्की ले सञ्चालन गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *