काठमाडौंको कलंकीस्थित बेलियो एक्सपेरियन्स सेन्टरमा आयोजित चौथो संस्करणको ‘बेलियो एक्सपेरियन्स: टेक्नोलोजी एन्ड लाइफस्टाइल मिट एन्ड ग्रिट एक्स्पो’ भव्यतापूर्वक सम्पन्न भएको छ।


सागर ग्रुपको आयोजना तथा एक्स ल्याबको मुख्य सहकार्यमा माघ २२ गतेदेखि सुरु भएको यो ६ दिने एक्स्पोले प्रविधि र दैनिक जीवनशैलीलाई एकै ठाउँमा जोडेर आगन्तुकहरूलाई अनौठो अनुभव प्रदान गरेको थियो। एक्स्पो बिटुबी (Business-to-Business) र बिटुसी (Business-to-Consumer) दुवै अवधारणामा आधारित रहेको थियो, जसले ५०० भन्दा बढी कर्पोरेट व्यक्ति, डिलर–रिसेलर, अन्तिम उपभोक्ता, विद्यार्थी र प्रविधिप्रेमीहरूलाई एकै मञ्चमा ल्याएको थियो।


अनुभवात्मक प्रदर्शनीको मुख्य उद्देश्यअनुसार कार्यक्रममा लाइभ प्रोडक्ट डेमो र अन्तरक्रियात्मक सहभागितामा विशेष ध्यान दिइएको थियो।


एक्स्पोको सबैभन्दा आकर्षक जोन टार्गेट गेम डिस्काउन्ट जोन थियो, जहाँ खेलको नतिजाअनुसार बेलियोका उत्पादनहरूमा आकर्षक छुट दिइएको थियो। यसैगरी, एक्स ल्याबको लाइफस्टाइल बुथले सबैभन्दा बढी आगन्तुक तानेको थियो।
अन्य रोचक आकर्षणमा इन्स्ट्यान्ट फोटो प्रिन्टिङ बुथ पनि थियो, जहाँ आगन्तुकहरूले फोटो खिचेर तुरुन्तै प्रिन्ट लिएर सम्झना राख्न सके। भिजिट प्वाइन्ट प्रणालीमार्फत सहभागीहरूलाई आकर्षक उपहार पनि प्रदान गरिएको थियो। यसबाहेक, पिओयस समाधान, कन्ज्यूमएबल्स, वेलनेस, कनेक्टिभिटी र प्रिन्टिङ प्रविधि सम्बन्धी छुट्टाछुट्टै जोनले आगन्तुकलाई लक्षित जानकारी प्रदान गरेको थियो।


एक्स्पोमा एक्स ल्याब, ब्रदर, कोनिका मिनोल्टा, क्यास्परस्की, नेक्सस, चैतन्य, मेरो ग्यालेक्सी लगायतका स्टलहरू राखिएका थिए। विशेष गरी एक्स ल्याबका वेलनेस र पिओयस प्रोडक्ट, ब्रदर र कोनिका मिनोल्टाका आधुनिक प्रिन्टर तथा इनेक्स (एनइसी) का क्यामेराहरूको प्रत्यक्ष डेमोले दर्शकको ध्यान तानेको थियो।
विद्यार्थीहरूको उल्लेखनीय सहभागिताले युवा पुस्तामा प्रविधिप्रति बढ्दो रुचि देखाएको छ।





Leave a Reply