वरिष्ठ कार्टुनिस्ट अविन श्रेष्ठलाई ‘वासुदेव लुइँटेल पुरस्कार २०८१’ प्रदान गरिने भएको छ । नेपाली हास्यव्यङ्ग्यका गुरु मानिने वासुदेव शर्मा लुइँटेलद्वारा २०५१ सालमा स्थापित यस पुरस्कारको रकम १ लाख ११ हजार १ सय ११ रुपैयाँ छ ।
कार्टुनकारितामा लामो समयदेखि पुर्याएको योगदानको कदर गर्दै श्रेष्ठलाई पुरस्कृत गर्न लागिएको हो ।

३२ वर्षदेखि कार्टुनकारितामा संलग्न उनका २ वटा कार्टुन सङ्ग्रह प्रकाशित छन् । ‘बेस्ट अफ अविन १’ (२०६१) कार्टुन सङ्ग्रहमा २०६२–२०६३ अघिका छानिएका कार्टुन छन् भने ‘बेस्ट अफ अविन २’ मा २०६२–२०६३ पछिका कार्टुन प्रकाशनमा छन् ।

वासुदेव विद्यादेव लुइँटेल गुठीका सदस्यसचिव डा. विद्यादेव शर्माद्वारा जारी विज्ञप्तिमा पुरस्कारका लागि व्यक्तित्व छनोट गर्दा निरन्तरता, जेष्ठता र श्रेष्ठतालाई मुख्य आधार बनाउने गरिएको उल्लेख गरिएको छ ।
गुठीले पछिल्लो चरणमा हरेक २ वर्षमा एकपटक यो पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कार लुइँटेलको जन्मदिनको अवसरमा भदौ २३ गते प्रदान गरिने भएको छ ।



Leave a Reply