पशुपति घिमिरेको नियात्रासङ्ग्रह ‘तीन महादेशका केही तरङ्ग’ विमोचन


नियात्राकार पशुपति घिमिरेको नवीनतम नियात्रासङ्ग्रह ‘तीन महादेशका केही तरङ्ग’ को विमोचन भएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कृति विमोचन गरिएको हो। प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टराई, विशेष अतिथि विश्व साइकलयात्री पुष्कर शाह, समीक्षक राजकुमार बानिया, कवि प्रल्हाद पोखरेल, प्रकाशक पुष्पराज पौडेल, निबन्धकार कुमारी लामा र लेखक पशुपति घिमिरेले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका…

नियात्राकार पशुपति घिमिरेको नवीनतम नियात्रासङ्ग्रह ‘तीन महादेशका केही तरङ्ग’ को विमोचन भएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कृति विमोचन गरिएको हो।

प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टराई, विशेष अतिथि विश्व साइकलयात्री पुष्कर शाह, समीक्षक राजकुमार बानिया, कवि प्रल्हाद पोखरेल, प्रकाशक पुष्पराज पौडेल, निबन्धकार कुमारी लामा र लेखक पशुपति घिमिरेले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका हुन् ।

प्रमुख अतिथि प्रा. डा. भट्टराईले नियात्रा लेखनको क्षेत्रमा यो कृति उल्लेखनीय र सशक्त रचना भएको बताए । उनले घिमिरेको सरल तर पाठकलाई मोहित पार्ने भाषाशैलीले मनोवैज्ञानिक प्रभाव पार्ने क्षमता राख्ने उल्लेख गरे ।

चर्चित समीक्षक राजकुमार बानियाले पशुपतिका अनुभवले खारिएका यी नियात्राले आम पाठकको संवेदनालाई प्रष्ट्याएको बताए । उनले कृतिको कवितात्मक तथा कलात्मक शैलीले यसको साहित्यिक मूल्य अझ उच्च बनाएको धारणा व्यक्त गरे ।

साइकलयात्री पुष्कर शाहले घिमिरेको यात्रा ‘अनुभूतिको सङ्गीत’ को रूपमा प्रस्तुत भएको बताए ।

लेखक पशुपति घिमिरेले विशिष्ट महानुभावहरूको उपस्थितिमा आफ्नो कृतिको लोकार्पण गर्न पाउनु सौभाग्यको विषय भएको बताए ।

कार्यक्रममा लेखक अनिता कोइराला, नियात्राकार राजेन्द्रमान डंगोल, लेखक नारायण नेपाल, सम्पादक पारस नेपाल, पत्रकार ओमआस्था राई, नरेन्द्र रौले लगायत करिब चार दर्जन साहित्यप्रेमीको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण सीता रिजालले र स्वागत प्रकाशक पुष्पराज पौडेलले गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *