विवश वस्ती


  • महिषासुरको म:म पसल

    महिषासुरको म:म पसल

    केही दिनयता महिषासुर निकै तनावग्रस्त मुडमा देखिन्थे । उनमा व्याप्त तनावको गहिराइ पत्ता लगाउने क्षमता कसैसँग थिएन । खासमा उनी कुनै नयाँ व्यापार–व्यवसायमा हात हाल्न चाहन्थे । तर, उनीसँग कुन व्यवसाय अँगाल्दा फाइदै–फाइदा हुन्छ भन्ने ‘आइडिया’ पटक्कै थिएन । उनले निर्णय लिए, ‘यसरी अलमलिएर त व्यवसाय हुँदैन, एकपटक काठमाडौँ सहरको परिक्रमा हान्नुपर्‍यो ।’ हरेक चोक,…


  • धातु मूर्तिशिल्पका सौम्य सर्जक : प्राज्ञ कालु कुमाले

    धातु मूर्तिशिल्पका सौम्य सर्जक : प्राज्ञ कालु कुमाले

    आजपर्यन्त आफूभित्र निहित अपरिमित एवं अजस्र ऊर्जाको मुहानलाई सुक्न दिएका छैनन्, वरिष्ठ मूर्ति–साधक कालु कुमाले (कुम्हा:) ले । करिब एक दशकअघि जनतहबाट ‘क्रोध–कला शिरोमणि’ को उपाधि पाएयता होस् वा विक्रमाब्द १० को दशकताका मृत्तिका–कलामा आफ्ना युवा वयका उन्मुक्त औँलाहरू रगड्दाखेरि होस्, बितेको सात दशकभन्दा लामो समयावधिमा उनले मूर्ति–सिर्जनालाई नै पछ्याउँदै आए, जुन आजको दिनाङ्कसम्म चलिरहेको…


  • पर्यावरणीय चिन्तनसँगै ब्युँझिएको स्वर

    पर्यावरणीय चिन्तनसँगै ब्युँझिएको स्वर

    आज बढ्दो पर्यावरणीय एवम् पारिस्थितिक सङ्कटका कारण मानव जाति मात्र नभई धर्तीका अधिकांश जीव–जगत्का निम्ति चुनौती थपिँदै गएको छ । प्राकृतिक स्रोत–साधनका अति दोहन एवम् असीमित उपयोग, तथाकथित विकास र प्रगतिका कारण सिङ्गो विश्व दिनप्रतिदिन व्याकुल बन्दै गइरहेको छ । मानव जातिले आफ्नो स्वार्थअनुरूप प्रकृतिलाई अनावश्यक रूपमा दोहन गर्ने उपक्रम भएसँगै पृथ्वी जीवन प्रतिकूल बन्दै…


  • सीके रसाइली : सङ्गीत साधनामै सिङ्गो जीवन

    सीके रसाइली : सङ्गीत साधनामै सिङ्गो जीवन

    जीवनको साढे आठ दशकीय लामो यात्रामा हिँडिरहेका अविश्रान्त सङ्गीत–साधक सीके रसाइलीमा अझै पनि सिर्जनकर्मप्रतिको मोह, स्नेह र लगाव घटिसकेको छैन । जीवनरूपी बयेली उत्तराद्र्धका दिनहरूतिर झुलिरहँदा शारीरिक र मानसिक रूपमा केही शिथिलता आउनु स्वाभाविकै हो । उनी भने महान् विचारक–पथप्रदर्शक बुद्धका जीवनका केही सन्दर्भलाई उधिनेर प्रार्थना–गीत तयार पार्ने उपक्रममा जुटेका छन् । भन्छन्, ‘काम सुस्त…


  • शारदा चित्रकार : विरासत धान्न व्यस्त

    शारदा चित्रकार : विरासत धान्न व्यस्त

    हरेक व्यक्तिले जीवनको उत्तराद्र्ध खण्ड बिताउने आ–आफ्नै शैली र तरिका पछ्याएका हुन्छन् । कसैले अवसादका दिनहरू गुजारिरहेका होलान्, कसैले सक्रिय जीवनशैली । ८५ वर्षीय उमेर–वयमा हिँडिरहेकी वरिष्ठ कलासाधिका शारदादेवी चित्रकारका निम्ति भने यो उमेरमा पनि दिनचर्यालाई सुगम बनाउने माध्यम तिनै चित्रकारिता बनेको छ, जुन कला–माध्यमलाई उनले करिब सात दशकयता पछ्याउँदै आएकी छन् । उमेरको के…


  • भूपीले लेखन अँगाल्नु आठौँ आश्चर्य लाग्छ मलाई –उषा शेरचन

    भूपीले लेखन अँगाल्नु आठौँ आश्चर्य लाग्छ मलाई –उषा शेरचन

    अर्धशतकयता साहित्य–साधक उषा शेरचनले मुक्तकलगायत विधामार्फत आफ्नो सिर्जन शिविरलाई समृद्ध तुल्याउँदै आएकी छन् । २०३४ सालमा पोखरामा आयोजित मुक्तक–वाचन कार्यक्रममा पाँच थान मुक्तक सुनाएकी उनले त्यसयता दुई मुक्तक–सङ्ग्रह निकालिन् । मुक्तकबाहेक एक उपन्यास, दुई कथाकृति, दुई कविताकृति नेपाली वाङ्मयलाई सुम्पिइसकेकी उनले सातौँ कृतिस्वरूप ल्याएकी छिन्, ‘त्रासदीका हिमनदी’ । २०५६ सालमा प्रकाशित पहिलो मुक्तक–सङ्ग्रह ‘अक्षरहरूका शिविरबाट’…


  • हरिराम जोशी : मौरीजस्तै परिश्रमी

    हरिराम जोशी : मौरीजस्तै परिश्रमी

    आजपर्यन्त प्राज्ञिक कर्मलाई पछ्याइरहेका छन्, हरिराम जोशीले । नौ दशकीय यात्रामा हिँडिरहेका उनको जीवन–डायरीमा संस्कृति, इतिहास, पुरातत्व, साहित्य–लेखनका साथै कोशकारका परिचय अटाएका छन्, स–सम्मान । केही वर्षयता फुटकर सिर्जना गरिरहे पनि जीवनको पछिल्लो कालखण्डमा थालनी गरेको ‘महाभारत कोश’ लाई भने अझै पूर्णता दिन सकेका छैनन् उनले । किन त ? भन्छन्, ‘मैले करिब पाँच वर्षअघि…


  • बदलिँदो दसैँ

    बदलिँदो दसैँ

    अतुल्य मौसम । सहृदय र पूरै वातानुकूलित पनि । बर्सादका आर्द्र दिनहरू निख्रिएर सिङ्गो पर्यावरणले चोला–रङ फेरेको क्षण । उघ्रिएको आकाश–वृत्त । सर्वत्र हरियालीको रजगज । चिसो–मिश्रित हावाको लयबद्धतासँगै फाँट, टार, बेँसीका गरा–गरामा बयेली खेलिरहेका धानका बालाहरू… । अहो ! यस्तो खुसीले भरिपूर्ण क्षण अरू मौसममा कहाँ पाउन सकिन्छ र ? केवल, नवरात्र भित्रिने बेला…


  • कविता चट्याङजस्तै शक्तिशाली विधा हो –दिनेश अधिकारी

    कविता चट्याङजस्तै शक्तिशाली विधा हो –दिनेश अधिकारी

    नेपाली समाज एवं साहित्यवृत्तमा कवि–गीतकारको अग्लो उचाइ बनाएका दिनेश अधिकारी आफ्नो लेखन–यात्राको अर्धशतक बिन्दुमा उभिएका छन् । उनको लोभलाग्दो लेखन–यात्रालाई समृद्ध तुल्याउने आफ्नै कहानी होलान् । तर, २०३२ चैतमा ‘रत्नश्री’ (साहित्यिक मासिक) मा दुइटा छोटा कवितासहित नेपाली साहित्यमा उदाएका अधिकारीको साहित्य–यात्रा त्यसयता निरन्तर छ । पछिल्लो समय प्रकाशन–संस्था ‘नेपालय’ बाट उनको ‘पानीको परेड’ (काव्यकृति) प्रकाशित…


  • कविता चट्याङजस्तै शक्तिशाली विधा हो –दिनेश अधिकारी

    कविता चट्याङजस्तै शक्तिशाली विधा हो –दिनेश अधिकारी

    नेपाली समाज एवं साहित्यवृत्तमा कवि–गीतकारको अग्लो उचाइ बनाएका दिनेश अधिकारी आफ्नो लेखन–यात्राको अर्धशतक बिन्दुमा उभिएका छन् । उनको लोभलाग्दो लेखन–यात्रालाई समृद्ध तुल्याउने आफ्नै कहानी होलान् । तर, २०३२ चैतमा ‘रत्नश्री’ (साहित्यिक मासिक) मा दुइटा छोटा कवितासहित नेपाली साहित्यमा उदाएका अधिकारीको साहित्य–यात्रा त्यसयता निरन्तर छ । पछिल्लो समय प्रकाशन–संस्था ‘नेपालय’ बाट उनको ‘पानीको परेड’ (काव्यकृति) प्रकाशित…


स्टोरी

सम्पादकको नोट