साहित्य


  • शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

    शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

    यस वर्षदेखि प्रदान गरिने गरी ‘शान्तिकिरण–जनमत फरक क्षमता सम्मान’ स्थापना गरिएको छ। समाजसेवी तथा दाता स्वर्गीय शान्तिकिरण जोशीको स्मृतिमा स्थापना गरिएको उक्त सम्मान यस वर्ष त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक डा. गोविन्द आचार्यलाई प्रदान गरिने भएको छ। जनमत वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष मोहन दुवालका अनुसार ‘शान्तिकिरण जोशी–स्मृति कोष’ मार्फत रु. २५,००० नगदसहित उक्त सम्मान प्रदान गरिनेछ। यसै…


  • नदीशको नयाँ किताब

    नदीशको नयाँ किताब

    कवि नदीशको कविता सङ्ग्रह हिउँद लोकार्पण भएको छ । राजधानीको शिल्पी थिएटरमा आयोजित कार्यक्रममा पुस्तकको लोकार्पण गरिएको हो । नाट्यअभिनेत्री पवित्रा खड्का, कवि डा. मुस्कान पोख्रेल, पर्यावरण-अध्येता उमेश बलाल मगर र लेखक वसन्त बस्नेतका साथमा कवि नदीशका पिता गिरिप्रसाद भट्टराईले पुस्तक लोकार्पण गरेका हुन् । रिदम कँडेलको साङ्गीतिक पार्श्वध्वनिमा खर्बुजा, झरी पर्दा, कोकुन र रोकिन…


  • सुलोचना मानन्धरको ‘एक जोर आँखा’ सार्वजनिक

    सुलोचना मानन्धरको ‘एक जोर आँखा’ सार्वजनिक

    कथाकार सुलोचना मानन्धरद्वारा लिखित नेपाली कथासङ्ग्रह ‘एक जोर आँखा’ काठमाडौंमा एक फरक खालको कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा डिजिटल ब्यानर राखिएको मञ्चमा दुई थान कुर्सी र एउटा सानो टेबुल मात्र रहेको थियो, जसले कार्यक्रमलाई सरल र अर्थपूर्ण बनाएको थियो। कार्यक्रममा कथाकार सुलोचना, उनकी दिदीहरू पद्मा र सुर्दशना, कथाकार भागिरथी श्रेष्ठ तथा युवा…


  • जनमतको ४२औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न

    जनमतको ४२औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न

    नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीस्थित पारिजात सभा कक्षमा आयोजना भएको जनमत को ४२औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेपाल साहित्य पत्रकार महासंघका अध्यक्ष, जनमत वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष तथा जनमत मासिकका प्रधान सम्पादक मोहन दुवालको सभापतित्वमा सम्पन्न भएको हो। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा…


  • उपन्यास ‘हिउँको गीत’लाई कविडाँडा आख्यान पुरस्कार

    उपन्यास ‘हिउँको गीत’लाई कविडाँडा आख्यान पुरस्कार

    तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’लाई शनिबार कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार अर्पण गरिएको छ । पुरस्कारको राशी एक लाख ५० हजार ६० रुपैयाँ रहेको छ । चितवन भरतपुरको साहित्यिक संस्था कविडाँडा साहित्य समाजले वर्षभरिका आख्यान (कथा र उपन्यास) मध्ये उत्कृष्ट छनोट गरी पुरस्कृत गर्दै आएको छ । उपन्यास २०८१ सालमा प्रकाशित भएको थियो । पुरस्कारको राशी…


  • दाहाल र अधिकारी दम्पतीलाई सयपत्री राष्ट्रिय सम्मान

    दाहाल र अधिकारी दम्पतीलाई सयपत्री राष्ट्रिय सम्मान

    सयपत्री प्रतिष्ठान नेपालले महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११७ औं जन्मजयन्तीको सन्दर्भ पारेर शिक्षाबिद तथा वरिष्ठ साहित्यकार डा रामप्रसाद दाहाल र श्रीमती चन्दा दाहाल कोइरालालाई सयपत्री राष्ट्रिय सम्मान प्रदान गरेको छ । यसैगरी पनौती निवासी कवि तथा वरिष्ठ चिकित्सक डाक्टर अनन्तप्रसाद अधिकारी र श्रीमती नर्मदा खनाल अधिकारी दम्पतीलाई पनि सम्मान गरिएको छ । उहाहरुलाई ताम्रपत्र ,दोसल्ला…


  • लघुकथासंग्रहको पाण्डुलिपि माग

    लघुकथासंग्रहको पाण्डुलिपि माग

    साहित्यको विभिन्न विधाको उन्नयनमा क्रियाशील संस्था एपेक नेपालले ‘विश्व–ज्योति पाण्डुलिपि पुरस्कार २०८२’का लागि अप्रकाशित लघुकथासंग्रहको पाण्डुलिपि माग गरेको छ । एपेक नेपालले लघुकथाका लेखकहरूबाट पाण्डुलिपि आह्वान गर्दै एउटै पनि संग्रह प्रकाशित नभएको र ४० वर्ष ननाघेका लघुकथाकारले पाण्डुलिपि पठाउन सक्ने जनाएको छ । पाण्डुलिपि आउँदो पुस मसान्तसम्म पठाउनुपर्नेछ । प्राप्त पाण्डुलिपिहरूमध्ये पुरस्कृत पाण्डुलिपि पुस्तकका रूपमा…


  • डा सबिना श्रेष्ठको ‘अकथ्यको प्रतिध्वनि’

    डा सबिना श्रेष्ठको ‘अकथ्यको प्रतिध्वनि’

    प्राध्यापक डाक्टर सबिना श्रेष्ठको पुस्तक ‘अकथ्यको प्रतिध्वनि’ को लोकार्पण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानन्यायाधिश विश्वम्भर प्रसाद श्रेष्ठ, साहित्यकार तथा पूर्व अर्थमन्त्री शंकर कोइराला लगायतले उक्त कृतिको लोकार्पण गरेका हुन्। उक्त पुस्तक नेपाली भाषाका साथै अग्रेजीमा Silent Echoes र नेवारी (नेपाल भाषामा) मकंगु हा:स: समेत आजै एकसाथ लोकार्पण गरियो । साथै डा सबिना…


  • कवि तथा गजलकार बाबु त्रिपाठीका दुई कृतिमाथि विमर्श

    कवि तथा गजलकार बाबु त्रिपाठीका दुई कृतिमाथि विमर्श

    कवि तथा गजलकार बाबु त्रिपाठीको गजलसंग्रह ‘बा’ र कवितासंग्रह ‘सालिकहरूको देश’माथि विमर्श सम्पन्न भएको छ । शुक्रबार सर्वनाम थिएटरमा आयोजित कार्यक्रमकवि तथा गजलकार बाबु त्रिपाठीको गजलसंग्रह ‘बा’ र कवितासंग्रह ‘सालिकहरूको देश’माथि विमर्श सम्पन्न भएको छ । कार्यक्रमको प्रारम्भमा बाबुको एउटा कवितामाथि नाट्य मञ्चन गरियो । त्यसपछि विमर्श कार्यक्रममा सर्जकहरू ज्योति जंगल, डा. दीपक खडका र…


  • एपेकको ‘भानु–भेला’

    एपेकको ‘भानु–भेला’

    एपेक नेपालले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसर पारेर विशेष कवितावाचन कार्यक्रमको आयोजन गर्दै ‘भानु–भेला’ सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथी साहित्यकार उषा शेरचनले आदिकवि भानुभक्तको सम्झनामा गरिएको काव्य गोष्ठीले सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गरिन् । कार्यक्रममा कविहरू उषा शेरचन, युवराज अधिकारी, राजेन्द्र शलभ, मणि लोहनी, अनिता लामा, रीता खत्री, बिटु केसी, अलका…


स्टोरी

सम्पादकको नोट